Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीले भारतलाई भन्न सक्नु पर्ने पूर्व राजदूत उपाध्यायको भनाइ

नेपालसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीले भारतलाई भन्न सक्नु पर्ने पूर्व राजदूत उपाध्यायको भनाइ

  • शुक्रवार, श्रावण ३० २०८२

  • 1.6K
    SHARES

  • नेपालसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीले भारतलाई भन्न सक्नु पर्ने पूर्व राजदूत उपाध्यायको भनाइ

    काठमाडौं । भारतका लागि नेपाली पूर्व राजदूत दिपकुमार उपाध्यायले नेपालसँगको सम्झौता कार्यान्वयन गर्न प्रधानमन्त्रीले भारतलाई भन्न सक्नु पर्ने बताउनु भएको छ ।

    आज भारतको स्वतन्त्रता दिवसको अवसरमा नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उहाँले भारतसँग नेपालले समकक्षिको रुपमा कुरा गर्न डराउने प्रबृत्ति रहेको टिप्पणी गर्नुभयो ।

    उहाँले अन्तर्राष्ट्रिय कानुन अनुसार नेपालले भारतबाट पाउनु पर्ने क्षतिपुर्ति र अधिकारका बारेमा पनि खुलस्त कुरा गर्दा दुवै देशलाई फाईदा हुने र सम्वन्ध अझ राम्रो हुने उल्लेख गर्नुभयो ।

    अन्तर्राष्ट्रिय कानुन विपरित भारतले बनाएको बाँध खोल्न हरेक बर्ष आफूले फोन गर्नु परेको पुर्व राजदूत उपाध्यायको भनाई थियो ।
    भारत भ्रमणमा जाने बेलामा नेपालको तर्फबाट पर्याप्त र चलाखिपूर्ण तयारी नहुने गरेको अनुभव सुनाउदै उहाँले विगतमा भएका सम्झौता कार्यान्वयन तर्फ पनि ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

    सम्झौता धेरै राम्रा हुन्छन्, वक्तव्य र भाषणहरु पनि निकै राम्रा आउछन्, तर कार्यान्वयन निकै कम भएका छन्, त्यसैले सम्झौता र प्रतिवद्धताहरुको कार्यान्वयन तर्फ पनि ध्यान दिनु आवश्यक छ, उहाँले भन्नुभयो ।

    पुर्व राजदूत उपाध्यायले केही विवाद र असन्तुष्टिका बाबजुद पनि भारत धेरै दृष्टीकोणले नेपालको सबैभन्दा विशिष्ट मित्र भएको दावी गर्नुभयो । भारतका हरेक मन्दीरदेखि हरेक परिवारसम्म कुनै न कुनै तरिकाले नेपालहरु जोडिएको उहाँले उल्लेख गर्नुभयो ।

    कपिलबस्तुका पुर्व सांसद समेत रहनु भएका उपाध्यायले कपिलवस्तुबाट निर्वाचित भूमि सुधार मन्त्री बलराम अधिकारीले घुस काण्डको अडियो सार्वजनिक हुँदा पनि राजीनामा नदिनु लज्जाको विषय भएको टिप्पणी गर्नुभयो । उहाँले राज्य व्यवस्था समितिको सभापतिबाट काँग्रेस सांसद रामहरि खतिवडाले राजीनामा दिएकोमा भने प्रशंसा गर्नुभयो ।


    शुक्रवार, श्रावण ३० २०८२११:२३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij