एजेन्सी । बलिउडका चर्चित गायक उदितनारायण झाका छोरा आदित्यनारायणको आगामी डिसेम्बरमा विवाह हुँदैछ । उनले प्रेमिका श्वेता अग्रवालसँग विवाह गर्न लागेका हुन् ।
केही समयअघि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रमपछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० जना मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पार्टी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठूलाठूला हस्तीको सहभागीता रहनेछ ।
आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ । विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्तासमेत पठाइएको छ ।
रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको उदितले जानकारी दिएको भारतीय मिडियाहरुले जनाएका छन् ।