Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रथम राष्ट्रपति यादव प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा

प्रथम राष्ट्रपति यादव प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा

  • शुक्रवार, आश्विन ३ २०८२

  • 1.1K
    SHARES

  • प्रथम राष्ट्रपति यादव प्रत्यक्ष निर्वाचित कार्यकारीको विपक्षमा

    काठमाडौं । प्रथम राष्ट्रपति डा. रामवरण यादव प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको विपक्षमा देखिनुभएको छ।

    अहिले लागू भइरहेको संविधानका जारीकर्ता समेत रहनुभएका प्रथम राष्ट्रपति यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निरंकुश हुने खतरा औल्याउनुभयो।

    नेपाली रेडियो नेटवर्कको स्थापना दिवस र संविधान दिवसका अवसरमा उहाँले संसदप्रति उत्तरदायी कार्यकारी प्रमुख नै बढी जिम्मेवार, लोकतान्त्रिक र सुरक्षित हुने तर्क गर्नुभयो। पत्रकार ऋषि धमलासँग नेपाली बहसमा उहाँले विश्वका धेरै देशमा प्रत्यक्ष कार्यकारी प्रमुख निरंकुश बनेर देश झन् भ्रष्टाचार र दुर्गतिको दलदलमा फसेको उदाहरण पनि दिनुभयो ।

    प्रथम राष्ट्रपति यादवले समस्या संविधानमा नभई कार्यान्वयनमा भएको तर्क गर्नुभयो। उहाँले दलहरूको कमजोरीकै कारण लोकतन्त्र र संविधानमा समस्या देखाइएको उल्लेख गर्नुभयो।

    प्रथम राष्ट्रपति यादवले आम नागरिक र युवाहरूको भावना दलहरूले बुझ्न नसक्दा जेन्जी विद्रोह भएको बताउनुभयो। दलहरू तत्काल सुध्रिनु पर्नेमा समेत जोड दिँदै उहाँले सबै दलहरूलाई सुध्रिएर चुनावमा जान सुझाव दिनुभयो ।

    नेपाली रेडियो नेटवर्कको दशौँ स्थापना दिवसको अवसरमा उहाँले सञ्चारमाध्यमहरू लोकतन्त्रको अक्सिजन भएकाले सञ्चारमाध्यमको विकास र संरक्षण राज्य र नागरिकले गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले नेपालको संविधान र लोकतन्त्रको संरक्षण गर्दै जनताको आवाज उठाउन र पदाधिकारीहरूलाई जवाफदेही गराउन नेपाली रेडियो नेटवर्कको अनुकरणीय योगदान गरेको स्मरण गर्नुभयो।


    शुक्रवार, आश्विन ३ २०८२१२:२०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij