Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा नेगेटिभ सर्किट लागेपछि अर्थमन्त्रीद्वारा कार्यदल गठन

सेयर बजारमा नेगेटिभ सर्किट लागेपछि अर्थमन्त्रीद्वारा कार्यदल गठन

  • शुक्रवार, आश्विन ३ २०८२

  • 396
    SHARES

  • काठमाडौं । बिहीबार नेगेटिभ सर्किट लाग्दै सेयर बजार स्थगित भएसँगै अर्थमन्त्री रामेश्वर खनाल ‘एक्सन’ मा उत्रिनु भएको छ । उहाँले पूँजीबजारमा विकसित, विसंगति तथा समस्या अध्ययन गरी तत्काल आम लगानीकर्ताको मनोबल वृद्धि गर्न चाल्नुपर्ने कदमबारे सुझाव दिन कार्यदल गठन गर्नुभएको हो ।

    शुक्रबार धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी र नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल सदस्य छन् ।

    अर्थ मन्त्रालयका उपसचिव शरद निरौलालाई सदस्यसचिव तोकिएको छ । यो कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारका लागि सुझाव र ठोस कार्यान्वयन कार्ययोजना ५ दिनभित्र अर्थ मन्त्रीसमक्ष बुझाउने जिम्मेवारी पाएको छ ।


    शुक्रवार, आश्विन ३ २०८२०२:२६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij