Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दुईदिनमै वर्षाको वितण्डाले लियो ४४ जनाको ज्यान, आफ्नो सावधानीले क्षति कम भएको सरकारको दाबी, मनसुनि प्रणालि बाहिरिएसँगै जोखिम पनि टर्दै (खासखबर)

दुईदिनमै वर्षाको वितण्डाले लियो ४४ जनाको ज्यान, आफ्नो सावधानीले क्षति कम भएको सरकारको दाबी, मनसुनि प्रणालि बाहिरिएसँगै जोखिम पनि टर्दै (खासखबर)

  • आइतवार, आश्विन १९ २०८२

  • 961
    SHARES

  • दुईदिनमै वर्षाको वितण्डाले लियो ४४ जनाको ज्यान, आफ्नो सावधानीले क्षति कम भएको सरकारको दाबी, मनसुनि प्रणालि बाहिरिएसँगै जोखिम पनि टर्दै (खासखबर)

    काठमाडौं। पछिल्लो दुईदिनमै मनसुनि विपदले वितण्डा मच्चाउँदा देशभर ४४ जनाको ज्यान गएको छ। अस्ति शुक्रबारदेखी हिजो शनिबार रातिसम्मको अविरल वर्षापछी आएको बाढि र पहिरोमा परि अहिलेसम्म ४४ जनाले ज्यान गुमाएका छन् भने अझै पाँचजना वेपत्ता छन् सँगै ठुलो धनजनको क्षति पुगेको छ।

    भारतबाट भित्रिएको मनसुनी प्रणालीले नेपालीहरुको महान चाड दशैंको समयमा भिषण वर्षा गराउँदा ठुलो धनजनको क्षतिसँगै देशको संघिय राजधानि भित्रिने र बाहिरिने नाकाहरु पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, वीपी राजमार्गलगाएतका ठुला र व्यस्त सडकखण्डको अवरोधले यातायात प्रभावित हुँदा लाखौं यात्रुले पनि सास्ति भोग्न वाध्य भएका छन्।

    गएको शुक्रवारदेखिको अविरल वर्षाले पहिरो जाँदा इलाममा मात्रै ३८ जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ। प्रहरी नायव महानिरिक्षक एवं प्रवक्ता विनोद घिमिरेले अहिलेसम्म पहिरोबाट ३८ जना, बाढी र वर्षाबाट २ जना, चट्याङबाट ३ जना तथा पहिरोले एकजनाको ज्यान गएको बताउनुभयो। घिमिरेका अनुसार बेपत्ता ५ जनाको खोजि कार्य पनि जारी छ।

    तर, यता, सरकारले भने विपद प्रतिकार्यमा यसपटक सरकारले अपनाएको सावधानी र सक्रियताले ठुलो मानवीय क्षति हुन नपाएको दाबी गरेको छ। सहरी विकासमन्त्री कुलमान घिसिङले पछिल्लो दुईदिनको अविरल वर्षा र बाढीका कारण भौतिक क्षति भएपनि मानवीय क्षति नभएको दाबी गर्नुभयो।

    आज पत्रकार सम्मेलनमार्फत उहाँले विपद् व्यवस्थापनमा सरकारले अपनाएको सावधानी, सक्रियता र सूचना प्रवाहले सडक भत्किएर वा बगाएर मानवीय क्षति नभएको दाबी गर्दै इलाममा भने अतिवृष्टिका कारण बस्तीमा पहिरो गएर मानवीय क्षति भएको बताउनुभयो।

    यस्तै, मन्त्री घिसिङले बाढी र पहिरोले अवरुद्ध सडकहरू खोल्नका लागी प्रक्रिया थालिसकिएको बताउनुभयो। कतिपय सडक खुलिसकेको र बाँकी सडक पनि आजभोलीमै खुल्ने दाबी गर्दै अहिलेसम्म धेरै क्षति पुगेको वीपी राजमार्ग ३÷४ दिनभित्रै खोलिने जिकिर गर्नुभयो।

    दुईदिनमै ठुलो वितण्डा मच्चाएको मनसुनि प्रणाली आजदेखी भने औपचारिक रुपमै बाहिरिएको छ। बंगालको खाडीबाट विकसित भएको निम्न चापीय मौसमी प्रणालीका कारणले १७ गतेदेखि बागमती, मधेश प्रदेशमा अति भारी र कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भएको थियो।

    उक्त मनसुनी वायू बिस्तारै पूर्वतर्फ सर्दै गएर नेपालबाट बाहिरिने अवस्थामा रहेको जल तथा मौसम विभागका उप–महानिर्देशक सुमन कुमार रेग्मीले जानकारी दिनुभयो।

    गतवर्ष पनि यहिसमय अर्थात असोज १० देखी १२ सम्म अविरल वर्षाले राजधानि आसपासमै साढे दुईसय बढीको ज्यान गएको थियो भने अबौंको क्षति भएको थियो। यतिबेला पनि सोही समयमै अविरल वर्षाले बाढी र पहिरो जाँदा पूर्वी नेपालमा ठुलो धनजनको क्षति पुगेको छ।

    अघिल्लो वर्ष सरकारले सावधानी नअपनाउँदा ठुलो क्षति बेहोर्नुपरेको गुनासो बढेपछी यसपटक भने सरकारले एडभाइजरी नै जारी गरी रात्रीकालिन तथा कतिपय दिवाकालिन सवारी सञ्चालनमा पनि रोक लगाउँदा दशैं मान्न गृहथलो गएकाहरु कर्मथलो फर्किने क्रममा केही सास्ती देखिएपनि राजमार्गमा बाढी पहिरोबाट मानबिय क्षति हुन पाएन।

    यसैलाई मध्यनजर गरी आज पनि काठमाडौँबाट बाहिरिने रात्रिबस ५ बजेपछी चल्न पाएनन भने मुख्य नाका मानिने चितवनको मुग्लिन नारायणगढ सडकमा पनि राति ९ बजेपछी यात्रा गर्न रोक लगाइएको छ।

    यतिबेला पनि वर्षा बनाउने मनसुनी प्रणाली बाहिरिए पनि मनसुन भने नबाहिरिइ सकेकोले जोखिम भने अझै कायम छ।तसर्थ यी सुचना पालना गरी विपदजन्य जोखिमबाट बच्न बचाउन र धनजनको क्षति हुन नदिन सबैले आ आफ्नो स्थानबाट जिम्मेवारी पुरा गर्न जरुरी छ।


    आइतवार, आश्विन १९ २०८२०८:१७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij