Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

इन्टरनेट र एआइका बारेमा २० देशका विज्ञहरूबीच नेपालमा चार दिनसम्म छलफल

इन्टरनेट र एआइका बारेमा २० देशका विज्ञहरूबीच नेपालमा चार दिनसम्म छलफल

  • शनिवार, आश्विन २५ २०८२

  • 781
    SHARES

  • इन्टरनेट र एआइका बारेमा २० देशका विज्ञहरूबीच नेपालमा चार दिनसम्म छलफल

    काठमाडौँ । इन्टरनेट र एआइका विविध विषयमा २० देशका विज्ञहरूले नेपालमा भेला भएर चार दिनसम्म छलफल चलाएका छन्।

    इन्टरनेटको क्षेत्रमा लामो समयदेखि काम गर्दै आइरहेको एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सद्वारा आयोजित ’एपीसिग २०२५’ नाम दिएको सम्मेलन यही असोज २१ देखि २४ गतेसम्म भएको आयोजक संस्थाका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनुभयो ।

    सम्मेलनमा १६ चरणमा छलफल कार्यक्रमहरू भएका थिए भने २२ विज्ञ वक्ताहरूको विषयगत प्रस्तुति रहेको थियो । सम्मेलनमा १६ देशका सरकारी अधिकारी, सूचना प्रविधि विज्ञ, प्राध्यापक, पत्रकार, वकिल, अधिकारकर्मी, अनुसन्धानकर्ता लगायतका ३४ फेलोहरू सहभागी भएको उपाध्यक्ष वाकास हसनले जानकारी दिनुभयो।

    सम्मेलनमा विषय विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, अभ्यासकर्ता र पैरवीकर्ताहरूले इन्टरनेटको सहि र जिम्मेवार प्रयोग, यसको नियमन तथा व्यवस्थापन, एआईको प्रयोगले भविष्यमा ल्याउन सक्ने अवसर र चुनौती तथा त्यसको व्यवस्थापन, साइबर सुरक्षा, तथ्याङ्क सुरक्षा, सामाजिक सञ्जालहरूको प्रयोग, व्यवस्थापन र नियमन, भ्रामक र प्रायोजित सूचनाको विकृति, इन्टरनेटमा पछाडि पारिएका समुदायको पर्याप्त पहुँच र प्रयोग लगायतका विषयमा गहन प्रस्तुति रहेको र सहभागीहरूका बीचमा व्यापक छलफल भएको सम्मेलनमा नेपालको तर्फबाट सहभागी पत्रकार जीवन भण्डारीले जानकारी दिनुभयो ।

    सम्मेलनमा सहभागीहरूले अन्य देशमा भइरहेका अभ्यास र अनुभवका आधारमा धेरै सिकाइ भएको पाकिस्तानकी सहभागी मार्यम रसिदले बताउनु भयो ।

    सम्मेलनमा नेपाल सहित भारत, बङ्गलादेश, म्यानमार, मलेसिया, भुटान, यमन, मङ्गोलिया, पाकिस्तान, कम्बोडिया, इन्डोनेसिया, काजकिस्तान, सिङ्गापुर फिलिपिन्स, भियतनाम, अस्ट्रेलिया, जापानलगायतका २० भन्दा बढी देशका फेलो तथा वक्ताहरु सहभागी भएको अतिथ्य संस्था इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटकी निर्देशक सपना शाहीले जानकारी दिनुभयो ।

    सहभागीहरूलाई समापन समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सका अध्यक्ष बाबुराम अर्यालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।


    शनिवार, आश्विन २५ २०८२०८:२२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij