Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

जेनजी आन्दोलनपछि गुमनाम दलहरु सलबलाउँदै, तत्कालिन प्रधानमन्त्री ओलीकै भड्काउपूर्ण अभिव्यक्ति, निर्वाचनमा जान ओलीबाहेक सबै लचक (खासखबर)

जेनजी आन्दोलनपछि गुमनाम दलहरु सलबलाउँदै, तत्कालिन प्रधानमन्त्री ओलीकै भड्काउपूर्ण अभिव्यक्ति, निर्वाचनमा जान ओलीबाहेक सबै लचक (खासखबर)

  • मंगलवार, आश्विन २८ २०८२

  • 1.2K
    SHARES

  • जेनजी आन्दोलनपछि गुमनाम दलहरु सलबलाउँदै, तत्कालिन प्रधानमन्त्री ओलीकै भड्काउपूर्ण अभिव्यक्ति, निर्वाचनमा जान ओलीबाहेक सबै लचक (खासखबर)

    काठमाडौं। जेनजी आन्दोलनले गुमनाम रहेका शिर्ष राजनैतिक दलहरु सलबलाउन थालेका छन्। एक महिना अघी गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनले ल्याएको उथलपुथलले ज्यान नै जोखिममा परेपछी गुमनाम बनेका सबै दलका नेतृत्वकर्ता तथा शिर्ष नेताहरु विस्तारै सलबलाउन थालेका हुन्।

    मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले थालेको आन्दोलनमा सरकारी दमन भएपछी भड्किएको आन्दोलनले मुलुकका २ ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित सात दल सम्मिलित केपी ओली नेततृत्वको सरकार नै बहिर्गमनमा परेपछी सबै शिर्ष दलका नेतृत्वकर्ताहरुलाई नेपाली सेनाले सुरक्षा दिएर राखेको थियो।

    त्यसपछी उत्पन्न विसम परिस्थितिको सामना गर्न राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधिस सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरेसँगै स्थिति सामान्य बन्दै गएपछी विस्तारै पालैपालो सार्वजनिक हुन थालेका शिर्ष दलका नेताहरु अहिले यहि सरकार र जेनजी आन्दोलनविरुद्ध नै सलबलाउन थालेका छन्।

    खासगरी तत्कालिन समयमा सरकारको प्रधानमन्त्री रहेर पनि मुलुकले ठुलो धनजनको क्षति भोग्दै वर्तमान परिस्थिति आउने अवस्थाको सृजना हुँदा पनि उचित व्यवस्थापन र भुमिका निर्वाह गर्न चुकेको असक्षम सरकारको नेतृत्वर्ता ओली अहिले वर्तमान सरकार र आन्दोलनविरुद्ध तथा सरकारले गर्न लागेको निर्वाचनविरुद्ध आक्रोश पोख्दै आएका छन्।

    आन्दोलनमा सरकारी दमन र घुसपैठ भएपछी ठुलो सँख्यामा मानविय क्षतिसँगै सुरु भएको आगजनी, तोडफोड, लुटपाट र विध्वंसपछी अन्तिम अवस्थामा प्रधानमन्त्री पदबाट राजिनामा दिएर सेनाको शरणमा पुगेका ओली अहिले वर्तमान अन्तरिम सरकारविरुद्ध आगो ओकल्दै निर्वाचन नै हुन नदिने रणनीतिमा हिँडेको देखिन्छ।

    आन्दोलनमा आफ्नो निवास जलेर खरानी भएपछी अहिले भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीले त्यहिबाट अहिलेको परिस्थिति आउनुमा अहिले सरकार र अन्य केही व्यक्तिहरुको मिलेमतो रहेको र अहिले पनि आँफुहरुलाई विभिन्न आरोपमा पक्राउ गरेर जेलमा हाल्ने तयारी गरेको भन्दै त्यो प्रयास सफल हुन नदिने जिकिर गरे।

    आँफु प्रधानमन्त्री रहेका बेला मुलुकले ठुलो जनधनको क्षति भोग्दा त्यसको जवाफदेही बन्नुपर्ने ठाउँमा उल्टै ओलीले विभिन्न बाहनाबाजी र आरोप प्रत्यारोप गर्दै सरकारविरुद्ध आक्रोश पोखेका छन् ।

    जसकारण पछिल्लो समय ओलीलाई र तत्कालिन गृहमन्त्री रमेशलेखक लगाएतलाई तत्काल पक्राउ गरि अनुसन्धानको दायरामा ल्याउन सरकारमाथी दवाब बढ्दै गएको देखेपछी आँफुहरुलाई पक्राउ गर्ने दुस्साहस गरे टाउकोमा चिसो पानि खनाउने चेतावनी दिँदै फागुनमा निर्वाचन पनि हुन नदिने चेतावनी दिएका छन्।

    केपी ओलीको यस्तो भड्काउ देखिएपनि अन्य दलहरु भने आन्दोलन र सरकारप्रति भने लचक देखिएका छन्। त्यतिबेला ओली सरकारको मुख्य सत्ता घटक रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विसम परिस्थितिमा रहेकोले निर्वाचनबाट मात्रै मुलुकलाई संवैधानिक बाटोमा फर्काउन सकिने बताएका छन्।

    आन्दोलनका क्रममा २४ भदौमा आन्दोलनकारीको आक्रमणमा परि गम्भिर घाइते भएका देउवा आज ३४ दिनपछी आज बल्ल पार्टी केन्द्रिय कमिटि बैठकमार्फत पहिलोपटक सार्वजनिक भएका देउवाले आन्दोलनकारी समुह जेनजीको माग जायज रहेकोले सम्बोधन हुनेगरी स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको ग्यारेन्टी गर्न सरकारलाई आग्रह गरेका छन्। देउवाले लोकतान्त्रिक व्यवस्थामा आस्था राख्ने सबै दलसँग संवाद र सहकार्य गर्दै संकटको निकास खोज्नुपर्नेमा जोड दिएका छन्।

    यस्तै तत्कालिन समयमा प्रमुख प्रतिपक्षी दल रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि मुलुकलाई विसम परिस्थितिबाट निकास दिन निर्वाचनमा जानुको विकल्प नरहेको भन्दै सरकारलाई तोकिएकै समयमा निर्वाचन हुन्छ भन्ने सुनिश्चीतताको वातावरण बनाउन माग गरेका छन्।

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ र सबै दल निर्वाचनमा जानुपर्छ भन्ने निष्कर्ष माओवादीले निकालिसकेको बताउँदै प्रचण्डले आँफुहरु निर्वाचनका लागी तयार रहेको बताएका छन्।

    मुलुकलाई भ्रष्टाचार र कुशासनको दलदलमा फसाउने र आफ्नो स्वार्थपूर्तिका लागी देशकै हितविरुद्ध पनि जुनकुनै निर्णयहरुसमेत गर्न पछी नपर्ने सिमित दलका नेतृत्वकर्ताको कारणले मुलुकमा वर्तमान परिस्थितिको सृजना भएको छ। वर्तमान परिस्थितिको जिम्मेवारी सबैभन्दा बढि तत्कालिन सरकारका प्रधानमन्त्री तथा गृहमन्त्रीदेखी उच्च पदासिन व्यक्तिहरुले लिनुपर्छ।

    तरपनि आफ्नै कारणले देश संकटमा पुगेपछी उक्त संकट सामना गर्न निर्वाचनको म्याण्डेट लिएर बनेको अन्तरिम सरकार र वेथितिविरुद्धको आवाज जेनजी आन्दोलनमाथी तत्कालिन सरकारकै नेतृत्वकर्ताका यस्ता अभिव्यक्तिहरु खेदजनक छन्।

    तसर्थ वर्तमान सरकारले जेनजी आन्दोलनको मर्म र भावना तथा मागबमोजिम तत्कालिन समयका प्रधानमन्त्री ओली गृहमन्त्री रमेश लेखकदेखी संबद्ध व्यक्तिहरुलाई तत्काल पक्राउ गरि अनुसन्धानको दायरमा ल्याउनुपर्छ।

    अन्यथा यस्ता अभिव्यक्तिहरुले आसन्न निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न चुनौति खडा गर्न सक्छ भने जेनजी आन्दोलनलाई पनि बिचमै तुहाइदिन सक्छ जसले देश थप अस्थिरता, संकट र जोखिममा पर्न सक्छ । यसतर्फ सरकार गम्भिर बन्न जरुरी छ।


    मंगलवार, आश्विन २८ २०८२०७:२६:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij