Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काभ्रेमा गाडी दुर्घना हुँदा सहचालकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

काभ्रेमा गाडी दुर्घना हुँदा सहचालकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

  • बुधवार, आषाढ २४ २०७७

  • 1.0K
    SHARES

  • काभ्रेमा गाडी दुर्घना हुँदा सहचालकको मृत्यु, चालक प्रहरीको नियन्त्रणमा

    काभ्रे । काभ्रेको बनेपा नगरपालिका–२ नालामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट नाला–शेरातर्फ जाँदै गरेको बा १ क ९२३६ नम्बरको निसान ब्रेक फेल भई बुधबार दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।

    दुर्घटनामा परि ज्यान गुमाउनेमा भक्तपुर सूर्यबिनायक नगरपालिकाका १८ वर्षीय सुजन वाग्ले रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका वाग्लेको उपचारका लागि बनेपाको शिर मेमोरियल अस्पताल लगिएको थियो ।

    उपचारको क्रममा सहचालकको मृत्यु भएको तिमिल्सिनाले जानकारी दिनुभयो । घटनाको थप अनुुसन्धनका लागि भक्तपुर सूर्यबिनायकका २२ वर्षीय चालक सौगात तामाङलाई सवारी सहति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


    बुधवार, आषाढ २४ २०७७०३:१५:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij