काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले हालसम्म नौ उद्योगले बक्यौता रकम बाफतको किस्ता रकम भुक्तानी गरेको बताउनु भएको छ । बक्यौता तिर्नका लागि विगतमा भन्दा यसपटक उद्योगीहरु सकारात्मक रहेको पाएको उहाँकाले बताउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै सिलवालले आज (कार्तिक २ गते) सम्मका लागि उद्योगीहरुलाई बक्यौता रकम तिर्नका लागि समयसिमा रहेका कारण आजपनि उद्योगीहरु प्राधिकरणको सम्पर्कमा आउने बताउनु भयो । हालसम्म नौ उद्योगीहरुले बक्यौताबाफतको महसुल बुझाएका छन् ।
हामा आइरन एन्ड स्टील, लक्ष्मी स्टील, सर्वोत्तम सिमेन्ट, हुलास स्टिल इण्डस्ट्री र अशोक स्टिल उद्योगले डेडिकेटेड ट्रंक लाइनको बक्यौता बाफतको किस्ता रकम तिरेका छन् । त्यसैगरी सम्राट सिमेन्ट, रोल्पा सिमेन्ट र नव नेपाल प्लास्टिक इन्डस्ट्रिजले बक्यौता रकमको किस्ता बुझाएका छन् । त्यस्तै शुभश्री अग्नी सिमेन्टले पनि बक्यौता रकम बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक सिलवालले बताउनु भयो ।
उद्योगीहरुले किस्ता बढाउनका लागी आग्रह गरेको बताउँदै उहाँले उद्योगीहरु रकम तिर्नका लागि सकारात्मक रहेको बताउनुभयो । दुई कार्तिक भित्रमा उद्योगीहरुले बक्यौता नतिरेको खण्डमा फेरी संञ्चालक समितीको बैठकबाट आगामी प्रक्रियाको बारेमा निर्णय गरेर लाइन काट्ने प्रक्रिया अघी बढ्ने उहाँको भनाई छ ।
साथै उहाँले तिहारको समयमा विद्युत आपुर्तिमा कुनै समस्या नभएको बताउनु भएको छ । नेपालमा आवश्यक पर्ने सबै विद्यतु रहेकाले चाहेजति विद्युत प्रयोग गर्न सकिने बताउनु भएको छ । विद्युत् नेपालमा पर्याप्त रहेका कारण नेपाल विद्युत् प्राधिकरणले एक हजार मेगावार्ट भारतमा विक्रीसमेत गरिरहेका कारण नेपाललमा लोडसेडिङको कुनै सम्भावना नरहेको बताउनुभयो । केही समयका लागि विद्युत् आपुर्ति बन्द भएमा त्यसलाई लोडसेडिङ भन्ने गरिएको भएपनि त्यो लोडसेडिङ नभएर प्राविधिक समस्या मात्रै भएको सिलवालको भनाई छ ।