Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो, भोलीबिहान उदाउँदो सुर्यलाई अघ्र्य दिइने, प्राणी जगतको कल्याणका लागी व्रत गर्ने परम्परा(खासखबर)

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो, भोलीबिहान उदाउँदो सुर्यलाई अघ्र्य दिइने, प्राणी जगतको कल्याणका लागी व्रत गर्ने परम्परा(खासखबर)

  • सोमवार, कार्तिक १० २०८२

  • 913
    SHARES

  • छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अघ्र्य दिइयो, भोलीबिहान उदाउँदो सुर्यलाई अघ्र्य दिइने, प्राणी जगतको कल्याणका लागी व्रत गर्ने परम्परा(खासखबर)

    काठमाडौं। तराई–मधेशमा श्रद्धा र नियम निष्ठापूर्वक मनाइने कात्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ।

    अस्ति शनिबारबाट विधिवत् रुपमा सुरु भएको छठ पर्वको आज मुख्यदिन बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका वर्तालुले साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका हुन्। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजा गरि मनाउने गरिन्छ।

    पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एकछाक खाने गरिन्छ। दोस्रो दिन सखर हालेर बनाइएको खीर(खरना)षष्ठी माता अर्थात छठी माईलाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एकछाक फलाहार गरिन्छ।

    कात्तिक शुक्ल षष्ठीका दिन आज निराहार व्रत बसी साझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिएपछी रातभर जागा बसी सप्तमीका दिन भोली बिहान उदाउँदो सूर्यलाई पूजा आराधनासँगै अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ।

    विगतमा तराई मधेशमा मात्रै मनाइने यो छठ पर्व पछिल्ला केही वर्षदेखी पहाडी तथा हिमाली क्षेत्रमा पनि निष्ठापूर्वक उल्लासका साथ मनाउने गरेको पाइन्छ।

    मुलतः २०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ। सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ जसले देशभर उल्लासको पर्वको रुपमा स्थापीत गराउन थप मद्दत गरेको छ।

    खासगरी ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो।

    त्यससमय पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको र त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको पाइन्छ भने सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेपछी अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकोले त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको उल्लेख छ।

    मुलतः छठ पर्व लोक सास्ँकृतिक पर्व रहेको र यो पर्व मिथिलाञ्चल क्षेत्र तथा भोजपुरी भाषी क्षेत्रसँगै नेपाल र भारतसँगै अहिले विश्वका धेरै क्षेत्रमा मनाउन थालिएको सँस्कृतिविद् एवं साहित्यकार रमेश रञ्जन झा बताउनुहुन्छ। उहाँकाअनुसार यो पर्वमा अहिले सबै जातजाती, भाषाभाषी र समुदायको उल्लासमय सहभागीता बढ्दै गएको छ।

    यस्तै षष्ठी माता अर्थात छठी माईको उपासना गरि मनाईने यो पर्व कृषिमा आधारित रहेर सम्पूर्ण प्राणी जगतको कल्याणका लागी व्रत गरिने पर्व रहेको मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल बताउनुहुन्छ।

    उहाँले यो पर्व विगतमा मधेका केही क्षेत्रमा सिमित रहेपनि अहिले मधेशमा मात्रै नभएर नेपालको पूर्वदेखी पश्चिमसम्मको सबै तराई क्षेत्रसँगै काठमाडौं तथा पहाडी जिल्ला र छिमेकी देश भारतमा पनि निकै उत्साहपूर्ण रुपमा निष्ठापूर्वक मनाउन थालिएको बताउनुभयो।

    संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित रहेकोले सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व नरहने भएकोले पनि सूर्यदेवताको निष्ठापूर्वक आरधना गर्न थालिएको पाइन्छ।

    निष्ठापूर्व र विधि तथा नियमपूर्वक कठोर व्रतका साथ मनाईने यो पर्व पहिलो दिन कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एकछाक खाने, दोस्रो दिन खरना गरेका ब्रतालु आज विहानै स्नान गरि दिनभर निर्जल व्रत बसी साँझ अस्ताउँदो सुर्यलाई अघ्र्य दिएर रातभर उपासना बसी भोली बिहान उदाउँदो सुर्यलाई विधिपूर्वक अघ्र्य दिएपछी छठ सकिने सँस्कृतिविद् झा को भनाई छ।

    नेपालमा विभिन्न जातजाती, भाषाभाषी,धर्म, सँस्कृति र समुदायका मानिसहरुको बसोवास रहेको छ। यी सबैका आआफ्नै रितिरिवाज, सँस्कृति र परम्परा छन् भने आफ्नै महत्व र विषेशता पनि छन्।

    जसकारण नेपाललाई चार जात छत्तिस वर्णको फुलबारी भनेर पनि चिनिछ। तर, पछिल्लो समय नेपाली परम्परा मासिँदै गएको टिप्पणी हुन पनि थालेको छ।

    यस्ता मौलिक परम्परा सम्पत्ति हुन्।त्यसैले अन्य धर्म सँस्कृति र परम्पराको सम्मान गर्दै हामी सबैले आआफ्नो धर्म,सँस्कृति, परम्परा, रितिरिवाज र रहनसहनको संरक्षण र जगेर्ना पनि गर्न जरुरी छ।


    सोमवार, कार्तिक १० २०८२०७:४८:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij