Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौँको सिटीसी मलमा ‘ओखती’को नयाँ आउटलेट

काठमाडौँको सिटीसी मलमा ‘ओखती’को नयाँ आउटलेट

  • बुधवार, कार्तिक १२ २०८२

  • 833
    SHARES

  • काठमाडौँको सिटीसी मलमा ‘ओखती’को नयाँ आउटलेट

    काठमाडौँ । छालाको स्वास्थ्यका लागि आयुर्वेदिक सामाग्री उत्पादन गर्दै आएको ओखतीले काठमाडौँको सिटीसी मलमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। एक औपचारिक कार्यक्रमकावीच जीवन विज्ञान नेपालका संस्थापक गुरु भानु पराजुलीले उद्घाटन गर्नुभएको छ ।

    उद्घाटन कार्यक्रममा बोल्दै पराजुलीले शुद्ध जडिबुटीबाट बनेका स्वदेशी उत्पादनले शरीरसँगै मन र जीवनमा पनि सकारात्मक प्रभाव पार्ने बताउनु भएको छ । उहाँले बजारमा रसायनिक पदार्थ मिश्रित सौन्दर्य सामग्रीको उत्पादन र प्रयोग बढ्दै गएपछि छालासम्बन्धी समस्या मात्र नभई अन्य स्वास्थ्य समस्या पनि बढिरहेको बताउँदै अर्गानिक र प्राकृतिक उत्पादन रोज्नुपर्ने आवश्यकता बढेको बताउनु भएको छ ।

    ओखतीले आफ्नो उत्पादन यात्रा मुखधुने सावुनबाट सुरु गरेको थियो। ग्राहकहरूको विश्वास जित्दै कम्पनीले अहिले स्याम्पु, तेल, सनस्क्रिन, मोइस्चराइजर लगायतका दर्जनौं आयुर्वेदिक उत्पादन बजारमा ल्याएको छ। कम्पनीका सञ्चालक शोभाकान्त बस्यालका अनुसार, निकट भविष्यमा अनलाइन सेवा सुरु गरेर स्वदेश तथा विदेशका ग्राहकसम्म ओखतीका उत्पादन पुर्‍याउने तयारी भइरहेको छ।

    हाल ओखतीले काठमाडौँसहित विभिन्न जिल्लामा आफ्ना आउटलेटमार्फत आयुर्वेदिक सामाग्रीहरूको वितरण गर्दै आएको छ।


    बुधवार, कार्तिक १२ २०८२१०:४८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij