Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएकै हुन् त ?

उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएकै हुन् त ?

  • मंगलवार, मंसिर १६ २०७७

  • 1.2K
    SHARES

  • उत्तर कोरियाली नेता किमले चिनियाँ खोप लगाएकै हुन् त ?

    एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ–उनले चीनले निर्माण गरेको कोरोना भाइरसविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् ।ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।

    जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ह्यारी काजियानियासले एक लेख लेखेका छन् । जसमा उत्तर कोरियाली नेता किम, वरिष्ठ सरकारी अधिकारीहरु र उनका परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् ।

    काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ठ निर्देशक छन् ।

    लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उनका परिवारका सदस्यले लगाएका हुन् भन्ने उल्लेख छैन ।


    मंगलवार, मंसिर १६ २०७७०१:५६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij