Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

  • बिहिवार, कार्तिक २० २०८२

  • 809
    SHARES

  • नेपाल एयरलाइन्सको अध्यक्षमा राई र प्रवक्तामा घिमिरे नियुक्त

    काठमाडौं। नेपाल वायुसेवा निगमको संचालक समितिको अध्यक्षको जिम्मेवारी निगमकै उपाध्यक्ष विक्रम राई र प्रवक्ताको जिम्मेवारी निगमका कर्पोरेट डाईरेक्टर अनिल घिमिरेलाई दिइएको छ । निगमका निवर्तमान अध्यक्ष युवराज अधिकारीको कार्यकाल सकिएकाले अर्को अध्यक्ष नियुक्त नभएसम्मका लागि राईलाई नै अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    अध्यक्ष राईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका निमित्त सचिव इन्दु घिमिरेले मंगलबार मन्त्रालयमा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।
    शपथ ग्रहणपछि अध्यक्ष राईले निगम संचालक समितिको कार्यालयमा कार्यभार सम्हाल्दै प्रधानमन्त्री र जेन्जी आन्दोलनको चाहना अनुसार निगममा देखिनेगरी सुधार गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले हाल ए३२० जहाजमा प्रयोग हुँदै आएको भाडाको एउटा इन्जिन सम्बन्धित कम्पनीलाई फिर्ता गर्दै मर्मतका लागि इजरायल पठाइएको निगमको इन्जिन जडान गर्ने कार्य १५ दिन भित्र टुङ्ग्याउन निर्देशनु भएको छ ।

    उहाँले बेलाबेलामा विभिन्न मिडियामा र जनमानसमा उठ्दै आएको विजनेस क्लासको टिकटलाई अपग्रेड गर्ने प्रवृत्तिलाई तत्काल बन्द गर्न, यात्रु व्यागेज नीतिमा समयानुकूल परिमार्जन गर्न र यात्रु व्यागेज टुटफुट सम्बन्धमा आएको जनगुनासो यथाशीघ्र सम्बोधन गर्न पनि निर्देशन दिनुभयो । अध्यक्ष राईले प्रश्न उठेका करार तथा ज्यालादारीमा नियुक्त गरिएका कर्मचारीको नियुक्ति नियमसङ्गत बदर गर्नसमेत निर्देशन दिनुभयो । उहाँले निगमको व्यवस्थापकीय कार्यमा भने आफ्नो कुनै हस्तक्षेप नरहने स्पष्ट पार्नुभयो ।

    नवनियुक्त अध्यक्ष राईले कार्यभार सम्हालेपछि उहाँलाई स्वागत गर्दै निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीसहित सबै विभागीय प्रमुखहरुले आ आफ्नो विभागबाट भइरहेका कामका बारेमा जानकारी गराउनु भएको थियो । निमित्त महाप्रबन्धक कालाखेतीले मंगलबार नै निगमको कर्पोरेट विभागका निर्देशक अनिल घिमिरेलाई प्रवक्ताको जिम्मेवारी दिनु भएको छ । झण्डै २ दशकदेखि निगमका विभिन्न जिम्मेवारीमा रहनु भएका घिमिरेले प्रवक्ता भएपछि संस्थाको सूचना तथा सन्देश नागरिकका बीचमा पु¥याउन, संस्थाको छवि सकारात्मक बनाउन र सञ्चार माध्यमहरुसँग समन्वय गर्न प्रभावकारी भूमिका खेल्ने बताउनु भएको छ।


    बिहिवार, कार्तिक २० २०८२०८:२४:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij