Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगमा दल दर्ताको ओइरो, थपिने र गाभिने चटारोले समयावधी नै थप, अझै २८ वटा पाइपलाइनमा, थप अस्थिरताको जोखिम (खासखबर)

निर्वाचन आयोगमा दल दर्ताको ओइरो, थपिने र गाभिने चटारोले समयावधी नै थप, अझै २८ वटा पाइपलाइनमा, थप अस्थिरताको जोखिम (खासखबर)

  • आइतवार, कार्तिक ३० २०८२

  • 1.2K
    SHARES

  • निर्वाचन आयोगमा दल दर्ताको ओइरो, थपिने र गाभिने चटारोले समयावधी नै थप, अझै २८ वटा पाइपलाइनमा, थप अस्थिरताको जोखिम (खासखबर)
    काठमाडौं। जेनजी आन्दोलनले उत्पन्न परिस्थिति र आगामी फागुन २१का लागी निर्धारित निर्वाचनले गर्दा निर्वाचन आयोगमा दल दर्ताका लागी नेताहरुको ओइरो लागेको छ। जसको चापले गर्दा निर्वाचन आयोगले आसन्न चुनावमा भाग लिन आजसम्मको दल दर्ताको समय तोकेकोमा थप एकहप्ताको समय थपिएको छ।
     
    भ्रष्टाचार र कुशासनविरुद्ध जेनजीले थालेको आन्दोलनले तत्कालिन केपी ओली सरकार बहिस्कारमा पारेपछी उत्पन्न परिस्थितिमा हिलो पानिमा माछा मार्ने उदेश्यले विभिन्न समुह तथा व्यक्तिहरु दल दर्ताका लागी उद्धत देखन्छन्। खासगरी मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासनमा पुराना दलहरुको मौनता र संरक्षणले बढेको पुराना दलहरुप्रतिको वितृष्णा जेनजी आन्दोलनमार्फत पोखिएको थियो। 
     
    यसैलाई लिएर कतिपय पुरानै दलका व्यक्तिहरु त कतिपय नयाँ अनुहारहरु दल दर्ता गरेर परिवर्तित माहौल आफ्नो पक्षमा पारेर स्वार्थको रोटी सेक्ने जमर्कोमा देखिन्छन्। त्यसकारण आगामी निर्वाचनलाई लक्षित गरी कतिपय पुरानै दलहरु पनि नयाँ पार्टीको नाम दिएर गाभिने र समायोजन गर्ने रणनितिमा जुटेका छन् त कतिपयले धमाधम नयाँ दल दर्ताको लागी निवेदन दिएका छन्। 
     
    खासगरी राजनीतिक दलसम्बन्धी ऐनअनुसार, दल दर्ताका लागि कम्तीमा २१ सदस्यीय केन्द्रीय समिति, विधान, घोषणापत्र र ५०० जना मतदाताको हस्ताक्षरसहितको प्रतिबद्धता पत्र आवश्यक पर्दछ। त्यतिमात्रै जुटाएका समुहहरु अहिले दल दर्ताको होडबाजीमा जुटेका छन्। 
     
    सोहीअनुसार आजसम्म १२२ वटा राजनीतिक दल कायम भएका छन्। अन्तरिम सरकारले निर्वाचन घोषणा गरेपछी आजसम्म आउँदा ७ वटा नयाँ राजनीतिक दल दर्ता भएका छन् भने यसअघी कायम रहेका ७ वटा नै दल खारेज भएपछी १२२ वटा दल नै कायम रहेका निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो। यस्तै अन्य २८वटा राजनीतिक दल दर्ता प्रक्रियाका लागी पाइपलाइनमा रहेकोले सनाखत र कागजात रुजुको काम भइरहेको उहाँले बताउनुभयो।
     
    यसपटक यसरी नयाँ दल दर्ताको ओइरो लाग्नुमा विशेष गरी स्वार्थ हाबी देखिएको विज्ञहरुको टिप्पणी छ। जेनजीले पुराना दलहरुप्रतिको आक्रोश र भ्रष्टाचार तथा कुशासनविरुद्ध गरेको आन्दोलन ८४को चुनाव ८२ मा सार्न गरिएजस्तो भएको उनिहरुको टिप्पणी छ। 
     
    अहिले यसरी नयाँ दल दर्ता गर्ने र नेता बन्ने होडबाजी देख्दा पुराना दलहरुप्रतिको वितृष्णामा नयाँ दल र नयाँ अनुहार ल्याउँदै गर्दा केही सिट प्रत्यक्ष र केही समानुपातिकबाट जित्ने अविलासा लिएर विभिन्न समुह र व्यक्तिहरु जेनजी आन्दोलन देखाउँदै पाटी खोल्न हिँडेको राजनैतिक विश्लेषक गोविन्दमान सिंह कार्कीको टिप्पणी छ। यसपटक हिलो पानिमा माछा मारिहाल्ने महत्वाकाँक्षा बोकेर दल दर्ताको ओइरो लागेको कार्कीको तर्क छ। 
     
    तर, यस्तो महत्वाकाँक्षामा केन्द्रित दल दर्ता र चुनावी सहभागीताबाट आउने नतिजाले देशमा स्थीरता भने नदिने विश्लेषक कार्कीको जिकिर छ। अहिले नयाँ केही दल खुलेर तथा ८४को चुनाव ८२ मा भएर मात्रै त्यस्तो नयाँ ढँगले देशले निकास पाउने अवस्था आउने कुनै सम्भावनै नरहेको भन्दै कार्कीले मुल समस्या संवैधानिक समस्या रहेकोले झन् सानातिना दल र सिट सँख्याले त्यसको समाधानमा थप जटिलता निम्त्याउने टिप्पणी गर्नुभयो। 
     
    अव आउने नतिजा काँग्रेस एमालेको पहिलेको तुलनामा घट्ने र नयाँ दुई तिन दलको सोही आसपासमा पुग्ने अवस्था आउँदा स्थीर सरकार बन्ने अवस्था नहुने र थप राजनैतिक संकट गहिरिँदै जाने जोखिम बढेको कार्कीको आँकलन छ। 
     
    जेनजी आनदोलनले उत्पन्न विसम परिस्थितिको निकास दिन अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ को निर्वाचन आउन अव मात्रै साढे तीन महिनामात्रै बाँकी छ। चुनावको मिति नजिकिँदै जाँदा अहिले दिनप्रतिदिन आयोगमा नयाँ दल दर्ताको ओइरो लागेको देखिन्छ। जसकारण आजसम्मका लागी निर्धारित दल दर्ताको समय एकहप्ता थप गरि मंसिर ७ सम्म कायम गरिएको छ। 
     
    यो अवस्था हेर्दा आजसम्म सात दल थपिँदा सातै दल खारेज हुँदा १२२ दल कायम छन्। अझै २८ वटा पाइपलाइनमा छन् भने अझै केही दर्ताको प्रक्रियामा जाने देखिन्छ। यसले आगामी निर्वाचनमा सहभागी हुने दलको सँख्या र नतिजा पनि दुबै टुक्रेशैलिमै ल्याउने निश्चीत भएको छ। 
     
    यसले गर्दा जेनजी आन्दोलनको मर्म र देशको परिस्थिति एकातिर त देशको अवस्था र आवश्यकता अर्कोतिर जाने जोखिम बढ्दै छ। यसले मुलुकको राजनैतिक संकट गहिरिँदै जाने जोखिम छ। तसर्थ अहिले दल दर्ताका लागी उद्धत बनेका नेतृत्वकर्ताहरुसँगै आम सुभेच्छुकहरुले पनि ध्यान पुराउन जरुरी छ।

     


    आइतवार, कार्तिक ३० २०८२०८:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij