Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

NST को Youth & Student Coordinator पदमा आदर्श भण्डारीको उम्मेदवारी

NST को Youth & Student Coordinator पदमा आदर्श भण्डारीको उम्मेदवारी

  • शनिवार, मंसिर २७ २०८२

  • 464
    SHARES

  • NST को Youth & Student Coordinator पदमा आदर्श भण्डारीको उम्मेदवारी

    काठमाडौं । नेपाली सोसाइटी अफ टेक्सस (NST) को Youth & Student Coordinator पदका लागि उम्मेदवारी दिएका आदर्श भण्डारी नेपाली समुदायमा उदाउँदै गरेको युवा नेतृत्वका रूपमा चर्चामा आएका छन्।

    १६ वर्षको उमेरदेखि नै नेतृत्व क्षमता, सांस्कृतिक विविधताको सम्मान र समुदायप्रतिको उत्तरदायित्वसहित सामाजिक गतिविधिमा सक्रिय भण्डारीले नेपालका विभिन्न भूगोल र समुदायसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै जनजीवनका चुनौती नजिकबाट बुझ्ने अवसर पाएका छन्। १८ वर्षको उमेरमा अमेरिका प्रवेश गरेपछि उनले अध्ययन र रोजगारीलाई सन्तुलनमा राख्दै नेपाली समुदायलाई संगठित र आत्मीय बनाउने लक्ष्यका साथ डलास क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।

    नयाँ पुस्ताको सहारा बन्दै आदर्श

    अमेरिकामा नयाँ आएका नेपाली विद्यार्थी तथा युवाहरूलाई प्रारम्भिक बसोबास, शैक्षिक मार्गदर्शन, सामाजिक अनुकूलन र मानसिक समर्थनका क्षेत्रमा भण्डारीको भूमिका उल्लेखनीय रहेको समुदायका सदस्यहरू बताउँछन्। उनले औपचारिक कार्यक्रमभन्दा बाहिर पनि युवासँग नजिक रहेर संवाद गर्ने, समस्या सुन्ने र समाधानतर्फ प्रेरित गर्ने काम गर्दै आएका छन्।

    हास्य–प्रस्तुती र रचनात्मक अभिव्यक्तिमार्फत युवालाई सकारात्मक ऊर्जा दिने उनको शैलीले आपसी सम्बन्ध मजबुत बनाएको छ। यही कारण उनी केवल संगठनात्मक व्यक्ति मात्र नभई युवापुस्ताको भरोसाको पात्र बन्दै गएका छन्।

    युवामैत्री एजेन्डासहित उम्मेदवारी

    NST को Youth & Student Coordinator पदका लागि उम्मेदवारी दिँदै भण्डारीले युवाको आवश्यकता केन्द्रमा राखेर सरल तर प्रभावकारी कार्यक्रम प्रस्ताव गरेका छन्। उनका प्रमुख एजेन्डामा,

    * युवालाई नेपाली संस्कृतिसँग जोड्ने *‘Youth Refresh Day’*
    * कला, संगीत र प्रतिभा प्रस्तुत गर्न *मासिक Open Mic कार्यक्रम*
    * नयाँ विद्यार्थीहरूका लागि *Academic र Social Orientation*
    * जानकारी आदान–प्रदानका लागि *Youth Info Group*
    * समुदायप्रतिको उत्तरदायित्व बढाउन *वार्षिक स्वयंसेवी कार्यक्रम* समावेश छन्।

    यी कार्यक्रमले युवालाई केवल दर्शक नभई संस्थाको सक्रिय हिस्सेदार बनाउने भण्डारीको धारणा छ।

    समुदाय र संस्थालाई जोड्ने दृष्टि

    भण्डारीका अनुसार NST भित्र युवाको सहभागिता बढाउनु भनेको संस्थाको भविष्य सुरक्षित गर्नु हो। “युवालाई संस्कृतिसँग जोड्न सके, उनीहरू समुदायबाट टाढा हुँदैनन्,” उनको भनाइ छ। उनले संगठन, अभिभावक पुस्ता र युवा पुस्ताबीच सेतुको भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।

    उदीयमान र भविष्य–मुखी नेतृत्व

    छोटो समयमै टेक्ससको नेपाली समुदायमा आफ्नो छुट्टै पहिचान बनाएका आदर्श भण्डारीलाई समुदायका धेरै सदस्यहरूले अनुशासित, सोचवान् र दीर्घकालीन दृष्टि भएको युवा नेताका रूपमा छन्। अनुभव, समर्पण र व्यवहारिक सोचका आधारमा उनी NST भित्र युवा तथा विद्यार्थीको आवाज मजबुत बनाउने सक्षम प्रतिनिधि बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।

    नेपाली समुदायको एकता, सांस्कृतिक निरन्तरता र युवाको सशक्तिकरणलाई केन्द्रमा राख्दै अघि बढेका आदर्श भण्डारीको उम्मेदवारीले टेक्ससको नेपाली समाजमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।


    शनिवार, मंसिर २७ २०८२०८:५२:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij