Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपालको राजनीतिमा वैकल्पिक शक्ति निर्माणको दौडधुपले नयाँ तरङ्ग, रवि–बालेन–कुलमानबीच भावी प्रधानमन्त्री बालेन र दल रास्वपामा समझदारी (खासखबर)

नेपालको राजनीतिमा वैकल्पिक शक्ति निर्माणको दौडधुपले नयाँ तरङ्ग, रवि–बालेन–कुलमानबीच भावी प्रधानमन्त्री बालेन र दल रास्वपामा समझदारी (खासखबर)

  • शुक्रवार, पौष ११ २०८२

  • 1.1K
    SHARES

  • नेपालको राजनीतिमा वैकल्पिक शक्ति निर्माणको दौडधुपले नयाँ तरङ्ग, रवि–बालेन–कुलमानबीच भावी प्रधानमन्त्री बालेन र दल रास्वपामा समझदारी (खासखबर)
    काठमाडौं। आगामी चुनावका लागि वैकल्पिक राजनैतिक शक्ति निर्माणको दौडधुपले यतिबेला नेपालको राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।
     
    पुराना राजनैतिक दलहरुको कार्यशैलीले उत्पन्न वितृष्णा जेनजी आन्दोलनमार्फत पोखिँदा आएको उथलपुथलको परिस्थितिपछी बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधी सभा निर्वाचनमा जान नयाँ तथा वैकल्पीक राजनैतिक शक्ति निर्माणको गृहकार्य यतिबेला तिब्र पारिएको छ। 
     
    वैकल्पीक राजनीतिको केन्द्रमा रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, गत ०७९को निर्वाचनमा अप्रत्यासित नतिजा ल्याएर मुलुकको चौथो ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रबी लामिछाने तथा वर्तमान अन्तरिम सरकारमा महत्वपूर्ण ३ मन्त्रालयको नेतृत्व सम्हालेका उर्जामन्त्री कुलमान घिसिङबिच वैकल्पीक राजनैतिक शक्ति खडा गरी आसन्न निर्वाचनमा जाने गरी तयारी सुरु भएपछी राजनैतिक वृतमा नयाँ रौनक नै ल्याएको छ। 
     
    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागी थुनामा रहेका रास्वपा सभापति लामिछाने जेलबाहिर निस्किएलगत्तै यसअघी मौन देखिएका मेयर शाहले पनि राजनैतिक सक्रियता बढाएपछी र जेनजी आन्दोलनपछी मन्त्री बनेलगत्तै राजनीतिक शक्ति निर्माणमा सक्रिय कुलमान घिसिङविच पछिल्लो हप्ताभर भएका छलफल र वार्ताले आजसम्म आइपुग्दा करिब करिब सहमती नजिक पुराएका हो।
     
    फरकफरक पृष्ठभुमीबाट आएर वैकल्पीक राजनैतिक शक्तिको रुपमा उदाएका तीन नेतृत्वकर्ताबिच भएको पछिल्लो वार्ताले शनिबार एकता गर्नेगरी निष्कर्शमा पुगेपछी आज राती अबेरसम्म भएपनि सहमतीपत्रमा हस्ताक्षर  गर्नेगरी तयारी अगाडी बढाइएको छ। 
     
    यसअघी सुरुमा गत सोमबार राति मेयर शाह र सभापति लामिछानेबिच करिब ६ घण्टाको वार्ता सकारात्मक बनेपछी मेयर शाहले मंगलबार, बुधबार, बिहिबार विहानैदेखी राति अबेरसम्म र आज बिहानैदेखी विभिन्न व्यक्तिहरुसँग भएका एक्लाएक्लै तथा सामुहीक वार्ताले वैकल्पीक शक्ति निर्माणमा सहमती जुटाएको हो। 
     
    बालेनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेस नेता सुनिल शर्मा, राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही, नागरिक उन्मुक्ति नेपालका रेशम चौधरी, नेता अमरेशकुमार सिंह, भीम उपाध्याय, मिलन पाण्डे, सागर ढकाल, पत्रकार ऋषि धमला, जेनजी अगुवा सुदन गुरुङ्ग, रक्षा बम लगाएतहरुसँग छुट्टा–छुट्टै भेटवार्ता र छलफल गर्नुभएको थियो। 
     
    त्यसपछि पुनः बालेन, रवि र कुलमानबिचमा भएको वार्तामा चुनावी सहकार्यसँगै नेतृत्व र प्रधानमन्त्रीकै विषयमा छलफल भएको थियो भने नयाँ दलहरू एक ठाउँमा आउँदा हुने सम्भावित चुनौतीसँगै चुनाव चिह्न कसको मान्ने ? पार्टीको नाम के हुने ? रास्वपा पार्टीभित्रको पावर व्यालेन्स कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो। 
     
    सुरुवातमा बालेनलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि बढाउने कुरामा रबीको आनाकानी रहेपनि पार्टी, चुनाव चिह्न र सभापति रास्वपाकै मान्न बालेन तयार भएपछी आफ्नो पनि सहकारी ठगी र सम्पक्ति सुद्दिकरणलगाएतका विषयमा विभिन्न अदालतमा रहेको मुद्दाको चाङ वाधक बन्ने भएपछी रबि पनि बालेनलाई पार्टीमा वरियता आफ्नोभन्दा एक तहमुनि राखेर भावी प्रधानमन्त्रीका रुपमा मान्न तयार हुनुभएको हो। 
     
    रबीले बालेनलाई यसरी स्वीकार्न तयार भएपछी कुलमान पनि आँफुभन्दा बालेन नै पपुलर रहेकोले भावी प्रधानमन्त्रीका रुपमा स्वीकार्न तयार भएपछी सहमतीको ड्राफ्ट तय भएको छ। जसमा त्रीपक्षीय हस्ताक्षर गर्ने र एकता गर्ने निचोड छ। 
     
    यसरी बालेन र कुलमानसँग सहकार्यको संवाद सुरु गरेपछी चितवन पुग्नुभएका लामिछानेले देशमा परिवर्तनका लागि जुटेका नयाँ र वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याउने प्रयास सुरु भएको र त्यसको महत्त्वपूर्ण कडीको रूपमा बालेनसँगको भेट स्थापीत भएको बताउनुभएको थियो। त्यस्तै लामिछानेले नयाँ र वैकल्पिक शक्तिलाई एकै ठाउँमा ल्याएरै छाड्ने गरी कुलमानसहित अन्य शक्तिहरूसँग पनि संवाद जारी रहेको बताउनुभएको थियो। 
     
    यस्तै जेनजी आन्दोलनपछी बनेको अन्तरिम सरकारमा उर्जामन्त्री बन्नुभएका कुलमान घिसिङले पनि देशको परिवर्तनका लागि जुटेका नयाँ र वैकल्पिक शक्तिहरू सबै एकै ठाउँमा आउने बताउनु भएको छ। 
     
    मन्त्री बनेलगत्तै आँफु संरक्षकका रुपमा बसेर उज्यालो नेपाल नामक पार्टी खोलेर वैकल्पीक राजनीतिमा होमिनुभएका मन्त्री घिसिङले आगामी फागुन २१को निर्वाचन चुनावका रुपमा मात्रै नभएर नयाँ राजनैतिक शक्तीहरुको उदय हुनेर त्यसमा सबै वैकल्पीक शक्तिहरु एकतावद्ध भएर जाने बताउनु भएको छ। 
     
    यस्तै रवीसँगको वार्तापछी अन्य विभिन्न व्यक्तिहरुसँग परामर्शलाई तिब्र पार्नुभएका मेयर शाहले पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईसँग पनि छलफल गर्नुभएको थियो। उक्त भेटवार्तामा नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने सुझाव दिएको पूर्वप्रधानमन्त्री भट्टराईले जानकारी दिनुभयो। 
     
    नयाँ र वैकल्पिक मिल्नुपर्छ भन्ने आफ्नो १० वर्षदेखिको सपना रहेको र सोही विषयमा परामर्श गर्न मेयर बालेनले बोलाएकोले विचार र एजेन्डामा सबै मिल्नुपर्छ, सबै एक भएर जानुपर्छ भन्ने सुझाव दिएको बताउँदै उहाँले आँफु भने अब सक्रिय राजनीतिमा नरहने बताउनुभयो। 
     
    पुराना दलहरुको कार्यशैली र कार्यसम्पादनमा उठेका प्रश्न र व्याप्त वितृष्णालाई छोपेर आफ्नो स्वार्थको रोटी सेक्ने उद्देश्यले बैकल्पीक शक्तिका नाममा नेपालमा च्याउ सरी राजनैतिक दल उम्रीएका छन्। तर तिनिहरुको कार्यशैली र प्रवृति पनि फरक नहुँदा न पुराना दलहरुलाई खबरदारीता पुगेको छ नत आम जनतामा व्याप्त असन्तुष्टि र वितृष्णाको सम्बोधन हुन सकेको छ।
     
    जसकारण मुलुकमा भ्रष्टाचार र कुशासन मौलाउँदै गैरहेको छ भने विकास र समृद्धि पछि परेको छ। यहि कारण जेनजी पुस्ताले गरेकेो विद्रोहले ऐले मुलुका विसम परिस्थिति निर्माण गरेको छ। जसको निकासका लागी आगामी फागुन २१ मा निर्वाचन हुँदैछ। 
     
    यसैको मौका छोपेर अघिल्लो स्थानिय तहको निर्वाचनमा स्वतन्त्र उमेदवारी दिएर भारि मतका साथ विजयी बनेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ, त्यसलगत्तैको संघिय निर्वाचनमा दल खोलेको ६ महिनामै उल्लेख्य मत प्राप्त गरी मुलुकको चौथो दल बनाउन सफल रवी लामिछाने, तथा मुलुकले १८ घण्टासम्म चरम लोडसेडिङ भोगीरहेका बेला विद्युत् प्राधीकरणको नेतृत्वमा पुगेर मुलुकलाई लोडसेडिङमुक्त बनाएपछी लोकप्रीयता कमाएका कुलमान घिसिङ सक्रिय राजनीतिमा होमिएका छन्। 
     
    तर, छुट्टाछुट्टै पृष्ठभुमीबाट आएका यी सबै नेतृत्वकर्ताका बिचमा एकतावद्ध भएर जानेमा आशंका कायमै छ तर, बालेन, रबी र कुलमानबिचको एकताले भने पुराना दलहरुमा केही हदसम्म खबरदारी दिने र मुलुक अनिर्णयको बन्दीबाट मुक्त हुने जनअपेक्षा छ। यो जनअपेक्षा कति पुरा हुन्छ या पुरानै दलको प्रवृति दोहोरिन्छ, त्यो भने आगामी निर्वाचनको नतिजा र कार्यशैलीले छुट्टाउने छ। 

     


    शुक्रवार, पौष ११ २०८२०८:१९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij