Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरेकाले विशेष महाधिवेशन बाध्यकारी’

‘कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरेकाले विशेष महाधिवेशन बाध्यकारी’

  • शनिवार, पौष १९ २०८२

  • 362
    SHARES

  • ‘कार्यकर्ताको भावनामाथि चरम बेवास्ता गरेकाले विशेष महाधिवेशन बाध्यकारी’

    काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।

    सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै नेता घिमिरेले विशेष महाधिवेशनको माग उठाउने पार्टी सदस्यहरूमाथि गरिएको बेवास्ता, दुव्र्यवहार र पार्टी विधानको खुला उल्लंघन गरेर पार्टी नेतृत्व तानाशाही भनेको आरोप लगाएका छन्।

    “महाधिवेशनको कागजी कार्यतालिका न्यूनतम रूपमा पनि लागू नगर्ने, स्वेच्छाचारी रूपमा समय सार्ने, र पार्टी सदस्यलाई अग्रिम सूचना समेत नदिने प्रवृत्ति अलोकतान्त्रिक मात्र होइन, तानाशाहीपूर्ण पनि हो,” उनले लेखेका छन्। नेपाली कांग्रेसले ७५ वर्षअघि हुकुमी शासनको अन्त्य गरेको स्मरण गराउँदै घिमिरेले अहिले पार्टीभित्रै हुकुमी शासन झल्काउने अभ्यास देखिन थालेको टिप्पणी गरेका छन्। नेता सरह वा त्यसभन्दा बढी योगदान दिएका कार्यकर्तालाई ‘रैती’ सरह व्यवहार गर्ने र पार्टीलाई निजी जमिन्दारीझैं सञ्चालन गर्ने प्रवृत्ति सर्वथा निन्दनीय भएको उनले उल्लेख गरेका छन्।

    विशेष महाधिवेशनको मागलाई बेवास्ता नगर्न पार्टी नेतृत्वलाई चेतावनी दिँदै घिमिरेले जबरजस्ती निर्णय गरिए भविष्यमा उत्पन्न हुन सक्ने राजनीतिक दुर्घटनाको सम्पूर्ण जिम्मेवारी नेतृत्वले नै लिनुपर्ने बताएका छन्। उनले वर्तमान चुनौतीपूर्ण राजनीतिक परिस्थितिमा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न विशेष महाधिवेशनको मागलाई सकारात्मक रूपमा सम्बोधन गर्न नेतृत्वलाई विनम्र आग्रह गरेका छन्।

    प्रभावशाली युवा नेता घिमिरेले संस्कृत श्लोक उद्धृत गर्दै विधि र नियम त्यागेर स्वेच्छाचारितामा चल्नेले सफलता, सुख र उच्च गन्तव्य प्राप्त गर्न नसक्ने स्पष्ट सन्देश दिएका छन्।


    शनिवार, पौष १९ २०८२११:२९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij