Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा,संयोजकमा भण्डारी

कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा,संयोजकमा भण्डारी

  • शुक्रवार, पौष २५ २०८२

  • 779
    SHARES

  • कांग्रेस विशेष महाधिवेशन केन्द्रित मिडिया सेन्टर सञ्चालनमा,संयोजकमा भण्डारी
    काठमाडौं। नेपाली कांग्रेसको आगामी विशेष महाधिवेशनलाई केन्द्रमा राखेर मिडिया सेन्टर सञ्चालनमा ल्याइएको छ। मिडिया सेन्टर शुक्रबारदेखि काठमाडौंको प्रदर्शनीमार्गस्थित कार्यालयबाट औपचारिक रूपमा सञ्चालनमा आएको हो।
     
    नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीको संयोजकत्वमा मिडिया सेन्टर सञ्चालन गरिएको हो। महाधिवेशनसम्बन्धी सूचना, समाचार तथा अन्य सामग्रीको प्रभावकारी प्रसार–प्रसारमा सहयोग गर्ने उद्देश्यले मिडिया सेन्टर स्थापना गरिएको संयोजक भण्डारीले जानकारी दिए।
     
    उनका अनुसार मिडिया सेन्टरमार्फत विशेष महाधिवेशनसँग सम्बन्धित समाचार, विज्ञप्ति, फोटो, भिडियो तथा अन्य सूचना सामग्री सञ्चार माध्यमसम्म सम्प्रेषण गरिनेछ। नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

     


    शुक्रवार, पौष २५ २०८२०३:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij