काठमाडौं। यतिबेला नेपाली कांग्रेस फुट र जुटको संघारमा पुगेको छ। जेनजी आन्दोलनले उत्पन्न परिस्थितिपछी बहुमत सदस्यले माग गरेको विषेश महाधीवेशन सँस्थापन पक्षले कुल्चिन खोजेपछी इतर समुहले सुरु गरेको अन्तर संघर्षले पार्टीलाई यो अवस्थामा ल्याईपुराएको हो।
पार्टीको विधानको धारा १७ को २मा ४० प्रतिशत महाधिवेशन प्रतिनिधीले माग गरे ३ महिनाभित्रै विषेश महाधिवेशन गर्नैपर्ने वाध्यकारी प्रावधान छ। सोहीअनुसार कांग्रेसका ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधीले विषेश महाधिवेशन माग गरेर पार्टीलाई हस्ताक्षर बुझाएका थिए।
त्यसपछी बसेको पार्टी बैठकले विषेश महाधिवेशनको सट्टा पौस अन्तिम साता नियमित १५औं महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिका ल्याएको थियो। तर, उक्त समयसिमाको अन्तिमतिर सँस्थपन पक्षले आसन्न निर्वाचन र क्रियाशिल सदस्यता विवाद देखाएर महाधिबेशन बैशाखमा सार्ने रणनीति बनाएपछी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विधान र बहुमत महाधीवेशन प्रतिनिधीको मर्म पालना गराउने गरी अगाडी बढेपछी कांग्रेसभित्रको किचलो उत्कर्षमा पुगेको हो।
खासगरी सँस्थापन पक्षले पार्टीको विधान नै कुल्चिएर जान खोजेपछी कांग्रेसमा असन्तुष्टि चुँिलदै गएको छ । जसमा विधान कार्यान्वायन गर्नुपर्ने भन्दै सँस्थापन पक्षकै केही नेताहरु विशेष महाधिवेशनको पक्षमा खुल्दै गएका छन्। उक्त विषेश महाधिवेशन भोली र पर्सि काठमाडौंको भृकुटिमण्डपमा हुँदैछ।
यसका लागी देशैभरबाट महाधिवेशन प्रतिनिधीहरु काठमाडौंमा भेला हुने क्रम सुरु भएको छ। तर सँस्थापन पक्षले विषेश महाधिवेशन असफल बनाउन नेता कार्यकर्तालाई छुट्टै भेला आह्वान गरेको छ। यसले गर्दा निर्वाचनको मुखमा कांग्रेस फुट र जुटको दोसाँधमा आइपु्गेको छ। तर पार्टीलाई फुट्न नदिने अडानमा सँस्थापन र इतर दुबैपक्षका नेताहरु देखिन्छन्।
सुरुमा विषेश महाधिवेशनको नेतृत्वमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्रै देखिएपनि अहिले धमाधम प्रभावशाली नेताहरु डा. चन्द्र भण्डारी, डा. सुनिल शर्मासँगै सँस्थापन पक्षकै नेताहरु राजन केसीदेखी पूर्वउपसभापति गोपालमान श्रेष्ठसम्मका नेताहरु खुलेका छन्। उनिहरुले सँस्थापन पक्षले ज्याजति नै गरेकोले विषेश महाधिवेशन सफल पार्नैपर्ने वाध्यकारी अवस्था आइपरेको बताएका छन्।
सँस्थापन पक्षका शक्तिसाली सात भाईमध्येका एक मानिने नेता श्रेष्ठले पार्टीमा सभापति शेरबहादुर देउवाको ज्यादती सहनै नसक्ने भएकोले विशेष महाधिवेशनको पक्षमा खुल्ने मात्रै नभइ पूरै लाग्ने गरी आएको बताउनुभयो। आज बिहान महामन्त्रीद्वयसँग छलफल गरेपछि आफू सभापति देउवा नेतृत्वको संस्थापन समूह छोड्ने निष्कर्षमा पुगेको उहाँको भनाई छ।
यस्तै, सँस्थापन पक्षकै नेता राजन केसीले पनि पार्टी विधानअनुसार चलाउन पनि यतिबेला विषेश महाधिवेशन अपरिहार्य बनेको बताउनुभयो। विषेश महाधिवेशनले कुनैपनि हालतमा पार्टी विभाजन नहुने उहाँको जिकिर छ। विगतको इतिहास सम्झाउँदै उहाँले आँफु हिजो र आज पनि सभापति देउवाकै पक्षमा रहेको दोहोराउँदै विषेश महमधिवेशन सफल पार्न लाग्ने र सफल पार्नैपर्ने बताउनुभयो।
विषेश महाधिवेशनका कारण पार्टी फुट र जुटको डिलमा पुगेपछी अन्य प्रभावशाली नेताहरू पनि फुटबाट जोगाउन र पार्टीलाई विधानअनुसार चलाउन विषेश महाधिवेशन सफल पार्नेगरी उभिएका छन्। डा. चन्द्र भण्डारी र डा.सुनिल शर्मासहितका नेताहरू सामुहिक पत्रकार सम्मेलन नै गरी आइतबारबाट सुरु हुने विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा ग्रहण गर्न आग्रह गर्दै यसमा सहभागी हुन सभापति देउवा र कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई आह्वान गरेका छन्।
विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाएर संकल्प प्रस्ताव पास गरेर जानुपर्नेमा जोड दिँदै नेता भण्डारीले पार्टीलाई कुनैपनि हालतमा फुट्न नदिने अडान व्यक्त गर्नुभयो।
यस्तै नेता सुनिल शर्माले पनि पार्टीलाई लोकतान्त्रीक मर्मअनुसार चलाउन विशेष महाधिवेशन अपरिहार्य रहेकोले सफल पार्नुपर्ने सबैको दायीत्व रहेको बताउनुभयो। त्यसका लागी सबै नेताहरु विषेश महाधिवेशनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो। महामन्त्रीद्वय र सबै नेताहरु जिम्मेवार रहेकोले पार्टी नफुट्ने उहाँको भनाई छ।
यस्तै स्वयं महामन्त्री गगन थापाले पनि आँफु पार्टी फुटाउन नभै बचाउन लागी परेको बताउँदै आउनु भएको छ। उहाँले बरु आँफु विष पिउन तयार रहने तर पार्टी फुटाउन नदिने जिकिर गर्दै आउनु भएको छ।
भोलीबाट काठमाडौंको भृकुटिमण्डपमा सुरु हुने विशेष महाधिवेशनबाट कांग्रेसको विधान संशोधन, नेताहरूको बहिर्गमन र प्रवेशको व्यवस्थापन लगायतका विषयमा निर्णय हुनेछ।
यसका लागी देशैभरबाट महाधिवेशन प्रतिनिधी काठमाडौं आउने क्रम जारी छ भने सँस्थापन पक्षकै नेताहरु पनि धमाधम विषेश महाधिवेशनको पक्षमा खुल्दै गएपछी सुरुमा ५४ प्रतिशत रहेपनि ६० प्रतिशत नाघिसकेको सँस्थापन इतर पक्षको दाबी छ।
यसरी निर्वाचनको मुखमा कांग्रेसभित्र चर्किएको विवादले पार्टीलाई जुट र फुटको संघारमा ल्याईपुराएको छ। आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ताका लागि माघ ६ गते समय तोकिएको छ।
तर यो अन्तरसंघर्षले पार्टीभित्र के कति क्षति पुराउछ त्यो भने विषेश महाधिवेशनपछीको परिणमले देखाउने छ। तर, अहिलेको विसम परिस्थितिमा पार्टी जुटाउने की फुटाउने भन्ने निर्णय भने कांग्रेसका महाधिवेशन प्रतिनिधीको हातमा छ।