Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचन आउन तीनसाता मात्रै बाँकी,आयोग र सरकारको तयारी अन्तिम चरणमा, मतपत्र र सामाग्री ढुवानी सुरु (खासखबर)

निर्वाचन आउन तीनसाता मात्रै बाँकी,आयोग र सरकारको तयारी अन्तिम चरणमा, मतपत्र र सामाग्री ढुवानी सुरु (खासखबर)

  • बिहिवार, माघ २९ २०८२

  • 391
    SHARES

  • निर्वाचन आउन तीनसाता मात्रै बाँकी,आयोग र सरकारको तयारी अन्तिम चरणमा, मतपत्र र सामाग्री ढुवानी सुरु (खासखबर)
    काठमाडौं। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब तीन साता मात्रै बाँकी छ। फागुन २१ गतेका लागि तय निर्वाचनका लागि सरकारदेखी निर्वाचन आयोगले आवश्यक काम कारबाही र तयारी करिब अन्तिम चरणमा पुराएका छन्। 
    आयोगले अहिले निर्वाचन सामग्री ढुवानी र तयारी तीव्र पारेको छ।अघिल्लो हप्तादेखि मतपेटिका तथा अन्य प्राथमिक सामाग्री, छाप, स्टेसनरी र थप सामानहरु जिल्लातिर ढुवानी सुरु गरिसकेको छ। आयोगले केन्द्रबाट नौप्रकारका निर्वाचन सामग्री पठाउने र ३७ प्रकारका सामग्री जिल्लामै व्यवस्थापन गर्दैछ। 
     
    त्यस्तै आयोगले मतपत्र छपाइतर्फ अहिलेसम्म ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रका मतपत्र छापीसकेको जनाएको छ। जसअनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, रसुवा र सिन्धुपाल्चोकलगाएत ५८ जिल्लाको एक करोड ५७ लाख ७८ हजार मतपत्र छपाइ सकिएको छ। छपाई सम्पन्न भएका जिल्लाको मतपत्र राखिएका १४ हजार ३४१बाकस प्याकिङ भइसकेको छ। 
     
    पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकेको आयोगले हाल दिनमा करिब एक हजार बाकस मतपत्र प्याकिङ र १३ देखि १५ लाखसम्म मतपत्र छपाइ भइरहेको जनाएको छ।
     
    समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजुसमेत गरी ढुवानी सुरु भएको छ भने प्रत्यक्षतर्फको निर्वाचनका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाई जारी छ। 
     
    आयोगले छपाइ सकिएका मतपत्र आजैदेखि कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमा पठाउन ढुवानी गरिसकेकोे निर्वाचन आयोगका सुचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो। समग्रमा अहिलेसम्मका प्रगति हेर्दा आयोगले निर्वाचनको तयारी करिबकरिब अन्तिरम चरणमा पुराएको घिमिरेले बताउनुभयो। 
     
    आयोगले आउँदो चुनावमा नागरिक शिक्षा प्रवद्र्धनका लागि लोकतन्त्र, चुनाव, समावेशिता र निर्वाचन,मतदाता नामावली र मतदानलगायत विषय समेटेर मतदानको महत्त्व,निर्वाचन सम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल सम्बन्धी विषय समावेश विभिन्न स्रोत सामग्रीहरू पनि तयार गरेको छ।
     
    त्यस्तै आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ५१ राजनीतिक दल तथा उम्मेदवारलाई निर्वाचन आयोगले स्पष्टकीकरण सोधेको छ भने ३० वटाको जवाफ प्राप्त गरिसकेको आयोगले जनाएको छ। निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने गरी आयोगले तयारी तिब्र पारेको छ। 
     
    मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आयोगले आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशभरका ७५३वटै स्थानीय तहका छ हजार ७४३ वटा वडामा नै एक÷एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न लागेको सुचना अधिकारी घिमिरेले बताउन्ुभयो। 
     
    यस्तै आयोगले हरेक निर्वाचनमा मतपत्र बदर हुने क्रम निरन्तर जारी रहेकोले यसपटक त्यसलाई पनि कम गर्ने उदेश्यले आयोगले विषेश चासोका साथ काम गरिरहेको बताउनुभयो। विगतको तुलनामा यसपटक बदर मतको संख्या न्युन हुने उहाँको जिकिर छ। 
     
    यसैबिच, निर्वाचनको तयारी अन्तीम चरणमा पुगेपनि हिमाली तथा उच्च पहाडी जिल्लाहरुमा हिमपातका कारण निर्वाचन कतै प्रभावित हुने त होइन?भन्ने अर्को आशंका पनि कायमै देखिएको छ। यस सन्दर्भमा भने सरकारले निर्वाचन एकै चरणमा सम्पन्न गर्ने ध्येयका साथ अगाडी बढिरहेको देखिन्छ।
     
    यसअघी मौसम पूर्वानुमान महासाखाले पनि विगतदेखीकै अनुभव र यसपटकको पूर्वानुमानमा पनि निर्वाचनका समयमा ठुलो हिमपात र वर्षाको सम्भावना नदेखिएको प्रक्षेपण गरेकोले देशैभर फागुन २१ मै चुनाव गराउन असम्भव नरहेको निष्कर्शमा पुगेको छ। 
     
    हिमाली जिल्लाको अवलोकनका लागि आज आफै हेलिकोप्टरमार्फत सोलुखुम्बुको नाम्चे पुग्नुभएकी प्रधानमन्त्री सुशिला कार्कीले देशभर फागुन २१ मै चुनाव हुने भएकोले कुनै आशंका नगर्न आह्वान गर्नुभएको छ। 
     
    सोलुखुम्बुपछी अब पश्चिीमका जिल्लामा पनि अवलोकन गर्न जाने तयारीमा रहनुभएकी प्रधानमन्त्री कार्कीलाई हिमाली जिल्लामा फागुन २१ मै चुनाव सम्पन्न गर्न कति सम्भव छ? भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँले कुनै पनि बहानामा चुनाव नसर्ने जिकिर गर्नुभयो।
     
    जेनजी आन्दोलनले उत्पन्न विसम परिस्थितिको सामना गर्न आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई स्वच्छ, निश्पक्ष रुपमा सम्पन्न गर्नेगरी सरकार र निर्वाचन आयोगसँगै सरोकारवाला पक्षले आआफ्नो तयारी तिब्र पारेका छन्। 
     
    मुलुकलाई वर्तमान विसम परिस्थितिबाट बाहिर निकाल्न आगामी २१ दिन अर्थात तीन हप्तामा हुने यो निर्वाचनलाई स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा विश्वसनिय रुपमा सम्पन्न गर्नु निर्वाचन आयोग, सरकार, राजनैतिक दल तथा उमेदवारदेखी आम मतदाता सबैको दायीत्व तथा जिम्मेवारी हो। 

     


    बिहिवार, माघ २९ २०८२०७:५८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij