Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘परिबोध’ द्वारा राष्ट्रिय अभियानको शुभारम्भ

‘परिबोध’ द्वारा राष्ट्रिय अभियानको शुभारम्भ

  • मंगलवार, फाल्गुण १२ २०८२

  • 474
    SHARES

  • ‘परिबोध’ द्वारा राष्ट्रिय अभियानको शुभारम्भ

    काठमाडौं । नेपालको प्राचीन सभ्यता, दर्शन र समृद्ध शास्त्रीय ज्ञानलाई आधुनिक समाजको चेतनासँग जोड्ने उद्देश्यका साथ ‘परियोजना परिबोध’ को विधिवत् शुभारम्भ गरिएको छ। संस्थापक तपन भट्टराईको नेतृत्वमा युवाहरूद्वारा अघि सारिएको यो अभियानलाई राष्ट्रिय शैक्षिक–सांस्कृतिक जागरणको नयाँ अध्याय मानिएको छ।

    वर्तमान समयमा आधुनिकता र विश्वव्यापीकरणका कारण ओझेलमा परेको मौलिक ज्ञान–परम्परालाई पुनर्जीवित गर्न यो अभियान सुरु गरिएको हो। ‘परिबोध’ले दर्शनलाई कठिन सिद्धान्तका रूपमा मात्र नभई सङ्गीत, संस्कार र साहित्य (त्रि–स मोडल) मार्फत व्यावहारिक जीवन पद्धतिका रूपमा बुझाउने लक्ष्य राखेको छ।

    कार्यक्रममा प्राज्ञिक व्यक्तित्वहरू प्रा. डा. कृष्णचन्द्र शर्मा, प्रा. डा. मुकुन्दप्रसाद लामिछाने, प्रा. डा. लक्ष्मण ज्ञवाली, प्रा. डा. देवी नेपाल र वरिष्ठ पत्रकार टिकाराम यात्री लगायतले आफ्नो धारणा राख्नुभएको थियो। उहाँहरूले आफ्नै मौलिक चिन्तनबाट टाढिँदै गएको समाज वैचारिक रूपमा परनिर्भर हुने जोखिम रहेको औँल्याउँदै यस्ता अभियानको आवश्यकतामा जोड दिनुभयो।

    कार्यक्रममा सहभागीहरूले शास्त्रीय दर्शनलाई पुस्तकालयबाट बाहिर निकालेर जनस्तरसम्म पुर्याउनु पर्ने बताएका थिए। आगामी दिनमा यस परियोजनाले नेपाली समाजलाई आफ्नो दार्शनिक जरासँग जोड्दै विश्वसामु सबल वैचारिक पहिचानका साथ उभिन प्रेरित गर्ने विश्वास लिइएको छ।


    मंगलवार, फाल्गुण १२ २०८२१२:०३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij