काठमाडौं । जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन चुनाव अगाडी सार्वजनिक नहुने भएको छ । आयोगले मतदानको भोलिपल्ट अर्थात फागुन २२ गतेसम्मको म्याद पाइसकेको छ । प्रतिवेदन सार्वजनिक गर्नुपर्ने चौतर्फी दबाबलाई आयोगले नजरअन्दाज गरेको छ । चुनावपछि जेनजी आन्दोलनको बहस तिब्र बन्ने संकेत देखिएका छन् ।
राजनीतिक अस्थिरता अन्त्य हुने आशा निराशामा परिवर्तन हुने टिप्पणी भएका छन् । जेनजी आन्दोलन हुदै होइन भन्ने एउटा अतिवाद अझै कायम छ भने मौका छोपेर सिंहदरबार जलाउन लगाउने र जेलबाट कैदी भगाउने अर्को अतिवादका कारण चुनावी परिणामपछि पनि देश द्धन्द्धमा जानसक्ने खतरा स्वयं उम्मेदवारहरुले व्यक्त गरेका छन् । यो आशंका जेनजी जाँचबुझ आयोगको प्रतिवेदन नआउँदा भएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नै व्यक्त गर्नु भएको छ ।
आयोगले प्रतिवेदन सार्वजनिक नगर्दा अकेनथरी शंका उपशंका व्यक्त भएका छन् । एकले अर्को दल र उम्मेदवार लक्षित आरोप लगाइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वाका सभापति रवि लामिछानेले जेनजी आन्दोलनमा गोली ठोक्ने र सिंहदरबार जलाउने एउटै हुन भन्नु भएको छ ।
जेनजी आन्दोलनको दुधको दुध पानीको पानी तथ्य सार्वजनिक नहुँदा चुनावी परिणामपछि पनि शान्ति र स्थायित्व कायम हुन्छ भन्ने शंका उब्जिएका छन् । जुन शंका नेपाली कांग्रेसले व्यक्त गरेको छ । विशेष महाधिवेशनबाट सच्चिएको नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशमा दुई वटा अतिवाद देखिन सक्ने बताउनु भएको छ ।
जेनजी आन्दोलनपछि एकाएक प्रधानमन्त्री दौडमा लाग्नु भएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका बरिष्ट नेता बालेन्द्र शाह सभापति रवि लामिछानेलाई भोट माग्नु पर्ने अबस्थामा पुग्नु भएको छ । एमालेमाथि आरोपित बालेन यतिबेला गगनले सम्हालेको कांग्रेसतिर नजर घुमाउन थाल्नु भएको छ । अनुहार देखाउन र आइलभयु भनेर भिड जम्मा गर्न माहिर बालेनलाई आज चितवनको सभामा बोल्न पनि केही समय रोकिनुपर्ने अबस्था आइपर्यो । एकछिन रोकिएर बोल्नु भएका बालेनले निजी क्षेत्रले संचालन गरेको उद्योगलाई कांग्रेसी करण गरिदिनु भएको छ ।
देशले एकले अर्कोलाई आरोपित गर्ने नेतृत्व खोजेको होइन । सही दिशामा देशलाई सम्हाल्ने नेतृत्व आममतदाताले खोजेका छन् । चुनाव नजिकिदै जाँदा पुरानालाई आरोपित गरेर पाँच वर्षलाई परिक्षण गर्न दिनु भन्दै भोट माग्ने सिलसिला चलिहरेको छ । के देशले जहिल्यै परिक्षणमा मात्रै समय विताइरहने हो? यो प्रश्न अहिले हरेक घरघरमा सुरु भएको छ । जसलाई नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रयोगशाला मात्र बनाउन नहुने बताउनु भएको छ ।
पाँच वर्षमा एक पटक चुनाव हुन्छ । तर, यो पटक जेनजी आन्दोलनले अबको ६ दिनमा मतदान हुने गरी चुनावी तयारी भएको छ । यो समयमा मतदाताले विवेक प्रयोग गर्नुपर्ने बताउनुहुन्छ राजनीतिक विश्लेषक हरि शर्मा ।पक्कै पनि आश्वासन दिनेमा कोही पनि उम्मेदवार कम छैनन् । उनीहरु जसरी पनि मत आफ्नोमा पार्न मरिहत्तै गर्छन नै । त्यसैले सचेत हुनुपर्ने र विवेक प्रयोग गर्नुपर्ने मुख्य जिम्मेवारी मतदाताकै हो ।