काठमाडौं । चुनावी परिणामको नतिजा अर्कैतिर ट्रान्सफर भएपछि नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष निहुँ खोज्न थालेको टिप्पणी भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले चुनावी समिक्षा जारी राख्दा देउवा पक्ष भने निहुँ खोज्न थालेको टिप्पणी भएको हो ।
स्वर्गिय प्रदिप गिरीको उतिबेलाको अभिव्यक्ति अनुसार देउवा स्वार्थ समुहको गिरोहबाट बाहिर निस्कन सक्नु भएको छैन । जसको नेतृत्व यतिबेला निर्वतमान कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले गर्नु भएको आरोप लागेको छ । घर झगड गरेर निहुँ खोज्ने काममा देउवा समुह लाग्दा कांग्रेस दुई टुक्रा हुने बाटोमा लागेको देखिएको छ ।
बिशेष महाधिवेशनको विपक्षमा रहेका र प्रतिनिधिसभा चुनाव हारेकाहरुले केन्द्रीय समिति बैठकमै नगई छुट्टै छलफल गरेका छन् । छलफलले केन्द्रीय समितिको बैठक बोलाउने जिम्मा पूर्ण बहादुर खड्कालाई दिने निर्णय गरेको नेता मिन विश्वकर्माले बताउनु भएको छ ।
चुनावको समिक्षा गर्न कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा अनुपश्थित देउवा पक्ष निहुँ खोज्दै छुट्टै बस्ने तयारीमा लागेको देखिएको छ । आफू बाहेक अरुको नेतृत्व स्वीकार गर्न नसक्ने देउवा समूहले विशेष महाधिवेशनदेखि छिर्के हानिरहेको छ ।
जसका कारण कांग्रेसले चुनावमा नराम्रो पराजय भोग्नु परेका टिप्पणी भएका छन् । लौरो टेकेर हिड्दासम्म आफू बाहेक अरुमा नेतृत्व सुम्पन तयार नहुने विगतदेखिको संस्कार देउवाले अंगाल्नु भएको छ । फागुन २१ को चुनावमा एक शब्द नबोली लुसुक्क सिंगापुर जानु भएका देउवा बल्ल नेपाल फर्कन लाग्नु भएको छ ।
देउवा फर्कने दिन कुरेर बसेका विशेष महाधिवेशनका विपक्षीहरु चुनावी परिणामको हारको दोष लगाउँदै बुरुकबुरुक गर्न थालेका छन् । जनताको हितभन्दा व्यक्तिगत स्वार्थमा लिप्तहरुको समुहको ट्याग लागेका नेताहरु आफ्नो विगतको हैसियत देखाउँदै चुनावमा पराजय हुनुको कारण विशेष महाधिवेशनलाई दिइरहेका छन् ।
जसले उनीहरुको असली अनुहार, नैतिकता र इमान्दारीता छर्लङ्ग पारेको छ । स्वर्गिय गिरिजाप्रसाद कोइरालासँग नोकझोक चल्दा प्रजातान्त्रिक कांग्रेस बनाउनु भएका हाल ८१ बर्ष पुग्नु भएका देउवा पक्षले छुट्टै बैठक बोलाएर कांग्रेस दुई टुक्रा भएको संन्देश दिन खोजेको छ । कांग्रेस स्पष्ट रुपमा दुई टुक्रा नभई दुई समूहमा रहेको देउवा पक्षिय नेता विश्वकर्माले बताउनु भयो ।
विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन नगरेको भए चुनावमा अझ लज्जास्पद हार व्यहोर्नु पर्ने वास्तविक यथार्थतालाई छायामा पारेर चुनावमा भोट हाल्न मात्र सुर्खेत पुग्नु भएका तत्कालिन कार्यबाहक सभापति पूर्णबहादुर खड्का र मोरङबाट जमानत नै जफत हुने गरी हार्नु भएका नेता शेखर कोइराला पार्टी दुई टुक्रा गराउन लाग्नु भएको आरोपको खण्डन गर्न समेत नसक्ने अबस्था पुग्नु भएको छ ।
देउवा पक्षिय नेता श्याम घिमिरे भने आधिकारिक रुपमा केन्द्रीय समितिको बैठक बोलाउने निर्णय नभएको बताउनु हुन्छ । अनौपचारिक छलफल भने भैरहेको उहाँको भनाइ छ ।
देशमा मात्रै होइन, कांग्रेसमा पनि विषम परिस्थिति रहेको बताउनुहुन्छ विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरुराज घिमिरे । ्
कांग्रेस केन्द्रीय समितिमा ं५ भोट देखि ३ हजार भन्दा कम मतमा पराजित हुनुलाई कांग्रेसले आन्तरिक कारणका रुपमा लिएको छ । २१ वटा निर्वाचन क्षेत्रमा कांग्रेसले आन्तरिक कारण पराजय भोग्नु परेको निष्कर्ष केन्द्रीय समिति बैठकले निकालेको प्रवक्ता देवराज चालिसेले बताउनु भएको छ ।
कांग्रेसमा ८ लाख ७० हजार क्रियाशित सदस्य छन् । तर, मत भने १७ लाख ५९ हजार मात्र पाउन सक्यो कांग्रेसले । कांग्रेसको नवौ महाधिवेशनमा क्रियाशिल सदस्य १ लाख थिए । १४ औं महाधिवेशनमा आउँदा कांग्रेसमा क्रियाशिल सदस्य ८ लाख ७० हजार पुगेको छ ।
कांग्रेसमा क्रियाशिल सदस्य बढिरहेका छन् तर, मत घटिरहेको छ । कांग्रेसले आन्तरिक कारणसँगै भोटको मात्रै होइन माइण्डसेट नै माइग्रेसन भएको रुपमा समिक्षा गरेको छ । कांग्रेसको विश्वास अरुले कब्जा गर्दै लगेको चुनावी मतपरिणामले देखाएको छ । पार्टीका कार्यकर्ता र मतदाताबीच सम्बन्ध विच्छेद भएकोबारे पनि पार्टीमा समिक्षा भैरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताउनु भयो ।
तर, देउवा पक्षिय नेताहरु मतदातासँगको सम्बन्ध जोड्नेमा भन्दा झन चुढाउने गतिविधिमा लागेका देखिएको छ । जसलाई कांग्रेसीहरुले मतदाताको सम्बन्ध सुधार गर्नेमा भन्दा पार्टी नै कब्जा गर्ने रुपमा देउवा समुह लागेको टिप्पणी गर्न थालेका छन् । कमजोर प्रतिपक्षी बन्न पुगेको कांग्रेस घरभित्र निहुँ खोजेर जग हसाउन लागेको छ । यसलाई कांग्रेस केन्द्रीय समितिले नोटिसमा लिएको र समिक्षा गर्ने कांग्रेस प्रवक्ता चालिसेले बताउनु भयो ।
कांग्रेसभित्र निहुँ खोज्न लागेको देउवा पक्षले बलियो सत्तापक्षलाई मलजल गर्न लागेको आरोप लागेको छ । यो बेला फुटेर होइन, जुटेर मतदातासँग गुमेको विश्वास फर्काउन लाग्दा नै कांग्रेसका लागि उचित हुने सुझाव समेत आएका छन् । त्यसैले कांग्रेसको अर्को केन्द्रीय समिति बैठक अनौपचारिक छलफलमा मात्रै सिमित भइदिओस ।