Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सञ्चालनमा आयो ज्येष्ठ नागरिक विशेष अस्पताल

सञ्चालनमा आयो ज्येष्ठ नागरिक विशेष अस्पताल

  • सोमवार, चैत्र २३ २०८२

  • 296
    SHARES

  • सञ्चालनमा आयो ज्येष्ठ नागरिक विशेष अस्पताल

    काठमाडौं । ज्येष्ठ नागरिकहरूको स्वास्थ्यमा केन्द्रित रहने गरी ज्येष्ठ नागरिक विशेष अस्पताल सञ्चालनमा आएको छ । डा. जगदीशकुमार क्षेत्री नेतृत्वको टिमले स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो ।

    वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आइतबार केन्द्रको उद्‍घाटन गरेका छन् । केन्द्रका निर्देशक डा. जगदीशकुमार क्षेत्रीका अनुसार अन्तराष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन, विशेषज्ञ फिजिसियन्स तथा फिजिकल मेडिसिज एण्ड रिह्याबिलिटेशन विशेषज्ञहरू कार्यरत छन् ।

    ६० वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूका लागि स्वस्थ बुढ्यौली, रोकथाममुखी स्वास्थ्य सेवा र स्वास्थ दीर्घायु प्रर्वद्घन गर्ने उद्देश्यले खुलेको डा. क्षेत्रीले बताए ।

    उनका अनुसार केन्द्रको प्रमुख सेवामध्ये स्वास्थ बुढ्यौली तथा दीर्घायु स्वास्थ्य कार्यक्रम पर्छ । जसमा प्रयोगशाला परीक्षण, शरीर संरचना (बडी कम्पोजिसन) विश्लेषण, मांसपेशी स्वास्थ्य जस्ता शारीरिक कार्यक्षमता मूल्यांकन, मुटु रोग जोखिम परीक्षण, महुमेह तथा क्यान्सर स्क्रिनिङ, मानसिक तथा दिमागी शक्ति परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, न्यूरोडिजेनेरेटिभ रोगहरूको जेनेटिक परीक्षण, पोषण विश्लेषण तथा एआईमा आधारित दीर्घरोग जोखिम पूर्वानुमान समावेश छन् ।

    केन्द्रको लक्ष्य जेष्ठ नागरिकलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै उनीहरूलाई सक्रिय, स्वतन्त्र र सम्मानजनक जीवन बिताउन सक्षम बनाउनु हो’ केन्द्रका निर्देशक डा. क्षेत्री भन्छन्, ‘हाम्रो ध्यान व्यक्तिहरूलाई उमेर बढ्दै जाँदा पनि सशक्त र आत्मनिर्भर रहन सक्षम बनाउनेमा केन्द्रित छ । यो केन्द्र आइतबार बाहेक सतामा ६ दिन बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ ।


    सोमवार, चैत्र २३ २०८२०२:१८:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij