Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिशोधको भावना त्यागेर मुलुकको दीर्घकालीन हितमा काम गर्न सरकारलाई सुझाव

प्रतिशोधको भावना त्यागेर मुलुकको दीर्घकालीन हितमा काम गर्न सरकारलाई सुझाव

  • मंगलवार, चैत्र २४ २०८२

  • 240
    SHARES

  • प्रतिशोधको भावना त्यागेर मुलुकको दीर्घकालीन हितमा काम गर्न सरकारलाई सुझाव

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारलाई प्रतिशोधको भावना र सस्तो लोकप्रियता त्यागेर मुलुकको दीर्घकालीन हितमा काम गर्न सुझाव दिनुभएको छ । २०८२ फागुन २१ गतेको निर्वाचनबाट प्राप्त जनमतलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको १८२ सिटसहितको करिब दुई तिहाइ बहुमतको सरकारले जनताको आशालाई मर्न दिन नहुने बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै पाण्डेले मुलुकमा बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनापछि पनि जनताले अपेक्षा गरे अनुरूप प्रगति हुन नसक्दा आम नागरिक र विशेषगरी राजनीतिक दलहरूमा असन्तुष्टि र निराशा छाएको स्वीकार गर्नुभएको छ । यद्यपि, विगतका सरकारहरूले भौतिक पूर्वाधार र सामाजिक सुरक्षाको क्षेत्रमा केही महत्वपूर्ण कामहरू गरेको उहाँले स्मरण गराउनुभयो ।

    वृद्धभत्ता, एकल महिला र दलित भत्ता लगायतका सामाजिक सुरक्षाका कार्यक्रम तथा २०७२ असोज ३ गते जारी संविधानको धारा १६ देखि ४८ सम्म उल्लेखित नागरिक हकहरू विश्वकै उत्कृष्ट मध्येमा पर्ने उहाँको भनाइ छ। अब देशमा अरु कुनै राजनीतिक क्रान्तिको आवश्यकता नरहेको स्पष्ट पार्दै उहाँले यो मुलुकको अबको एक मात्र लडाइँ र क्रान्ति ‘आर्थिक समृद्धि’ हुनुपर्ने कुरामा जोड दिनुभयो ।

    नेता पाण्डेले भदौ २३ को आन्दोलन आफैँमा सकारात्मक भए पनि २४ गते भएको ध्वंश र तोडफोडलाई भने कदापि स्वीकार गर्न नसकिने बताउनु भएको छ । सर्वोच्च अदालत जलाइएको र परराष्ट्र तथा रक्षा मन्त्रालयमा रहेका नेपालको स्वाभिमानसँग जोडिएका १९५० को सन्धि, तिब्बतसँगको सीमा तथा व्यापार सम्झौता र एङ्ग्लो–नेपाल युद्धका महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू जलाइएको भन्दै उहाँले त्यसको कडा निन्दासमेत गर्नुभएको छ ।

    भिडियो


    मंगलवार, चैत्र २४ २०८२०८:५६:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij