Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सम्पति छानविन गर्ने सरकारको कदमको नेकपा नेता चौधरीद्वारा स्वागत

सम्पति छानविन गर्ने सरकारको कदमको नेकपा नेता चौधरीद्वारा स्वागत

  • बिहिवार, चैत्र २६ २०८२

  • 237
    SHARES

  • सम्पति छानविन गर्ने सरकारको कदमको नेकपा नेता चौधरीद्वारा स्वागत

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले पूर्वप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन गर्ने सरकारको कदमलाई स्वागत गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता चौधरीले राजनीतिक पदमा बसेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनु सकारात्मक भएको बताउनु भएको छ ।

    चौधरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कडा आक्रोश व्यक्त गर्दै उहाँले ओलीलाई दुनियाँकै सबैभन्दा खराब व्यक्ति भन्दै साँचो अर्थमा सुशासन कायम गर्ने हो भने ओलीलाई पनि पक्राउ गरी छानबिन गर्नुपर्ने माग गर्नुभएको छ । ओलीकै कारण राजनीतिक माहोल बिग्रिएको, दुई पटक संसद् विघटन भएको र प्रणालीमै भ्रष्टाचार संस्थागत भएको आरोप लगाउनुभयो ।

    यसैगरी, वर्तमान गृहमन्त्रीको कार्यशैलीप्रति टिप्पणी गर्दै चौधरीले सोफामा सुत्दैमा कोही योग्य मन्त्री नहुने बताउनु भएको छ । गृहमन्त्रीको मुख्य काम शान्ति सुरक्षा कायम गर्ने र नीति निर्माण गर्ने भएको भन्दै उहाँले मिडियामा भगवान् बन्न र चर्चा कमाउनका लागि मात्र यस्ता स्टन्ट गरिएको दाबी गर्नुभएको छ । सरकारको समर्थन गर्ने मिडियाले मात्र विज्ञापन पाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाई छ ।


    बिहिवार, चैत्र २६ २०८२०८:५५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij