Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सत्ताको उन्मादमा सरकारले प्रतिशोध साँध्यो, एमाले भुइँमा पछारिए पनि सकिएको छैन - विष्णु रिजाल

सत्ताको उन्मादमा सरकारले प्रतिशोध साँध्यो, एमाले भुइँमा पछारिए पनि सकिएको छैन - विष्णु रिजाल

  • बुधवार, बैशाख २ २०८३

  • 288
    SHARES

  • सत्ताको उन्मादमा सरकारले प्रतिशोध साँध्यो, एमाले भुइँमा पछारिए पनि सकिएको छैन - विष्णु रिजाल

    काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि सरकारले गरेको पक्राउलाई पूर्णतः गैरकानुनी र राजनीतिक पूर्वाग्रहबाट प्रेरित ’प्रतिशोध’ को संज्ञा दिएका छन्। नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता रिजालले मध्यरातमा प्रहरी पठाएर होहल्ला गर्दै पक्राउ गर्ने र १३ दिनसम्म हिरासतमा राख्ने सरकारको कदमलाई अदालतको आदेशले नै खारेज गरिदिएको दाबी गरे।

    दुई तिहाइको दम्भमा गृहमन्त्री र कानुनमन्त्रीले अख्तियार र प्रहरी प्रशासनमा प्रत्यक्ष दबाब दिएर सत्ताको नांगो दुरुपयोग गरिरहेको आरोप लगाउँदै उनले सरकारको यो उताउलोपन लोकतान्त्रिक प्रणालीका लागि घातक हुने चेतावनी दिएका छन् । सरकारले जनमतको कदर गर्दै राम्रो काम गरेमा एमालेले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने तर सत्ताको उन्मादमा निरन्तर षड्यन्त्र गरिए परिणाम गम्भीर हुने रिजालको भनाई छ । उन एमाले अहिले भुइँमा पछारिएको भए पनि नसकिएको भन्दै सरकारलाई आफ्नो सीमामा रहन आग्रह गरेका छन् ।

    यस्तै, पार्टीभित्र महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलबीच मोर्चाबन्दी र गुटबन्दी बढेको भन्ने बाहिरी हल्लालाई उनले अस्वीकार गरेका छन्। यद्यपि, विगतमा १२१ सिट जितेको पार्टी अहिले खुम्चिएर अत्यन्तै कमजोर अवस्थामा पुगेपछि समग्र नेतृत्व नै गम्भीर प्रश्नको घेरामा रहेको यथार्थ भएको रिजालको भनाई छ । अध्यक्ष ओलीको शल्यक्रियापछिको पूर्ण स्वास्थ्य लाभ लगत्तै बस्ने संस्थागत बैठकले पार्टीको भावी दिशा र नयाँ विकल्प तय गर्ने रिजालको भनाइ छ।


    बुधवार, बैशाख २ २०८३०९:१६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij