Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सरकार र पार्टीभित्र समन्वय आवश्यक छ, सभापति र प्रधानमन्त्रीबीच कुनै विवाद छैन - सांसद मधु चौलागाईं

सरकार र पार्टीभित्र समन्वय आवश्यक छ, सभापति र प्रधानमन्त्रीबीच कुनै विवाद छैन - सांसद मधु चौलागाईं

  • बुधवार, बैशाख २ २०८३

  • 200
    SHARES

  • सरकार र पार्टीभित्र समन्वय आवश्यक छ, सभापति र प्रधानमन्त्रीबीच कुनै विवाद छैन  - सांसद मधु चौलागाईं

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मधुकुमार चौलागाईंले सरकारका कामकारबाही र पार्टीभित्रको आन्तरिक समन्वयका विषयमा आफ्नो धारणा स्पष्ट पारेका छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’मा कुरा गर्दै सांसद चौलागाईंले गृहमन्त्रीको आफ्नो निर्वाचन क्षेत्र भ्रमणमा पूर्व समन्वय नभएको विषयमा संसदीय दलमा कुरा उठाए बताएका हुन् । उनले गृहमन्त्री आफ्नो क्षेत्रमा आउनु स्वाभाविक भए पनि समन्वय भएमा सुरक्षा र स्थानीय समस्या बुझ्न थप सहज हुने आफ्नो भनाई रहेको बताएका हुन् ।

    यस्तै, पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीचको सम्बन्धमा चिसोपन आएको भन्ने चर्चा निराधार रहेको भन्दै चौलागाईँले अमेरिकी संसदको प्रतिवेदन र बाहिर आएका हल्लाहरू पार्टीको एकता रुचाउन नचाहने शक्तिहरूको षड्यन्त्र मात्र भएको तर्क गरेका छन् ।

    सांसद चौलागाईंले यस वर्षलाई ’खिल निकाल्ने वर्ष’ को रूपमा व्याख्या गर्दै वर्षौंदेखि जकडिएको भ्रष्टाचार र बेथिति अन्त्य गर्न समय लाग्ने उल्लेख गरे। वैदेशिक रोजगारीका नाममा हुने ठगी, बजारको कालोबजारी र कृषिको परनिर्भरता हटाउन सरकार दृढताका साथ लागेको उनले दाबी गरे।

    साथै न्यायालयको सुधारका सन्दर्भमा उनले प्रतिशोधपूर्ण ढंगले कसैलाई पाखा नलगाइने र व्यक्तिको कार्यसम्पादनका आधारमा निर्णय बताउँदै शासकीय सुधारका लागि चालिएका कदमहरू कानुनसम्मत भएको र जनताले स्वास्थ्य, शिक्षा र आवासमा चाहेको परिवर्तन पूरा गर्न सरकार क्रियाशील रहेको उनको भनाइ थियो।


    बुधवार, बैशाख २ २०८३०९:१९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij