Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसभित्र गुटगत राजनीति गर्ने छुट कसैलाई नभएको उपसभापति भुसालको चेतावनी

कांग्रेसभित्र गुटगत राजनीति गर्ने छुट कसैलाई नभएको उपसभापति भुसालको चेतावनी

  • बिहिवार, बैशाख ३ २०८३

  • 244
    SHARES

  • कांग्रेसभित्र गुटगत राजनीति गर्ने छुट कसैलाई नभएको उपसभापति भुसालको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीभित्र समानान्तर गतिविधि र गुटगत अभ्यास गर्नेहरूमाथि कडा कारबाही हुने चेतावनी दिएकी छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै उनले पूर्णबहादुर खड्का समूहको गतिविधिलाई असंवैधानिक र गैरकानुनी संज्ञा दिइन्।

    निर्वाचन आयोगले सभापति गगनकुमार थापाको नेतृत्वलाई आधिकारिक मान्यता दिइसकेको अवस्थामा त्यसलाई चुनौती दिनु राजनीतिक नभई कानुनी र संवैधानिक मर्यादाको ठाडो उल्लंघन भएको उनको दाबी छ। निर्वाचनमा समेत थापाकै हस्ताक्षरबाट चुनाव लडेकाहरूले अहिले आधिकारिकतामाथि प्रश्न उठाउनु हास्यास्पद भएको बताउँदै उनले अनुशासन समितिले यस्ता अराजक गतिविधिमाथि गम्भीर छानबिन गरिरहेको भुसालले बताइन् ।

    यसैगरी, आगामी १५औं महाधिवेशनलाई पूर्ण रूपमा निष्पक्ष र विवादरहित बनाउन कांग्रेसले सक्रिय सदस्यता प्रणालीलाई प्रविधिमैत्री र डिजिटल बनाउने कठोर कदम चालेको छ। उपसभापति भुसालका अनुसार अब गाउँका साधारण कार्यकर्ताको सिधा पहुँच केन्द्र (सानेपा) सँग हुनेछ र अद्यावधिक गरेपछि सबैले अनिवार्य डिजिटल आइडी कार्ड प्राप्त गर्नेछन्।

    सभापति गगन थापाको नेतृत्वमा रहेको समितिले सदस्यता छानबिनलाई पारदर्शी बनाउने हुँदा अब पुरानो शैलीको गुटगत भागबण्डा नचल्ने उनको ठोकुवा छ । पार्टी नेतृत्वले असन्तुष्ट पक्षलाई संवादमा ल्याउन पहल गर्ने तर पार्टीको विधान र कानुनी व्यवस्था विपरीत जाने कसैलाई पनि कुनै हालतमा छुट नदिइने भुसालले चेतावनी दिएकी छन् ।


    बिहिवार, बैशाख ३ २०८३०८:५५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij