Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आन्तरिक विवादलाई सुल्झाएर एकताबद्ध हुनुको विकल्प छैन् - कांग्रेस नेता खड्का

आन्तरिक विवादलाई सुल्झाएर एकताबद्ध हुनुको विकल्प छैन् - कांग्रेस नेता खड्का

  • शुक्रवार, बैशाख ४ २०८३

  • 250
    SHARES

  • आन्तरिक विवादलाई सुल्झाएर एकताबद्ध हुनुको विकल्प छैन् - कांग्रेस नेता खड्का

    काठमाडौँ । नेपाली कांग्रेसका नेता भरत बहादुर खड्काले पार्टीभित्र देखिएको विवादलाई सुल्झाएर एकताबद्ध हुनुको विकल्प नभएको बताउनुभएको छ। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता खड्काले अदालतमा विचाराधीन आधिकारिकताको मुद्दाबारे धेरै टिप्पणी नगर्ने बताउँदै अदालतको निर्णय सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो।

    निर्वाचनको परिणाम र पार्टीको वर्तमान अवस्थाबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “पार्टीभित्र केही जटिलता र असहमति देखिएका छन्, जसले गर्दा आम कार्यकर्ता चिन्तित छन्। तर अब इगो साध्ने बेला होइन, देश र अन्तर्राष्ट्रिय परिस्थितिलाई हेरेर कांग्रेस एक ठाउँमा आउनैपर्छ।“ उहाँले कांग्रेसलाई ’रूपान्तरित र नवीन’ ढंगले अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

    संसदीय दलको नेता चयनमा भइरहेको ढिलाइप्रति स्वीकारोक्ति जनाउँदै नेता खड्काले आगामी दुई दिनभित्रै यसबारे टुङ्गो लाग्ने जानकारी दिनुभयो। उहाँले नेतृत्वमा युवा वा पाका पुस्ता जो आए पनि संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने व्यक्ति हुनुपर्ने धारणा राख्नुभयो। यस्तै, १५औँ महाधिवेशनको तयारी र वडा तहबाटै प्रतिस्पर्धा गर्नुपर्ने नयाँ व्यवस्थालाई उहाँले ’थप लोकतान्त्रिक अभ्यास’ को रूपमा व्याख्या गर्नुभयो। नेता खड्काका अनुसार अब केन्द्रीय नेताहरू पनि वडाबाटै चुनिएर आउनुपर्ने व्यवस्थाले कार्यकर्तामा नयाँ ऊर्जा भर्ने र पार्टी संगठन बलियो बनाउनेछ।


    शुक्रवार, बैशाख ४ २०८३१०:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij