Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय राजनीति र कांग्रेसको राजनीतिक भविष्यको विकल्प गगन थापा नै हो - सहमहामन्त्री रसाईली

राष्ट्रिय राजनीति र कांग्रेसको राजनीतिक भविष्यको विकल्प गगन थापा नै हो - सहमहामन्त्री रसाईली

  • आइतवार, बैशाख ६ २०८३

  • 211
    SHARES

  • राष्ट्रिय राजनीति र कांग्रेसको राजनीतिक भविष्यको विकल्प गगन थापा नै हो - सहमहामन्त्री रसाईली

    काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीभित्र देखिएका आन्तरिक विवादहरूलाई विधान र अदालतको फैसलाअनुसार समाधान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुरा गर्दै नेता रसाइलीले सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेको न्यायिक निरुपणलाई सबै पक्षले स्वीकार्नुको अर्को विकल्प नभएको बताएका हुन् ।

    लोकतन्त्र र संसदीय व्यवस्थामा विधानको सर्वोच्चता हुने भन्दै उनले पार्टीभित्र गुट उपगुट हुनु र अस्तित्व रक्षाका लागि भेला गरिनु स्वाभाविक भए पनि त्यसले कांग्रेसको मूल स्पिरिट र मर्मलाई कमजोर बनाउन नहुने धारणा राखेका छन् । असन्तुष्ट पक्षको मागलाई विधानको परिधिभित्रै रहेर सम्बोधन गर्नुपर्ने बताउँदै उनले आगामी असोजमा तोकिएको १५ औं महाधिवेशनलाई पूर्ण एकताको महाधिवेशन बनाउन सबै लाग्नुपर्नेमा जोड दिए। कांग्रेसलाई पुनर्जीवन दिन अब नेता तथा कार्यकर्ताहरू कोठे बैठक छाडेर जनताको घरदैलोमा पुग्नुपर्ने र वडा तहमै गएर क्रियाशील सदस्यता नवीकरण गर्ने कार्यबाट पार्टीमा नयाँ जागरण आउने उनको भनाई छ।

    साथै, वर्तमान राष्ट्रिय राजनीति र नेपाली कांग्रेसको राजनीतिक भविष्य सभापति गगन थापाकै वरिपरि घुमेको दाबी गर्दै रसाइलीले सरकार र पुराना प्रवृत्तिको बलियो विकल्प नै गगन थापा भएको जिकिर गरे। साथै उनले कांग्रेसले नयाँ प्रविधि र राजनीतिक परिवर्तनलाई सम्बोधन गर्दै एक ढिक्का भएर अघि बढे आगामी २०८७ सालको निर्वाचनमा पार्टीलाई बहुमतमय बनाउन सकिने आत्मविश्वास व्यक्त गरेका छन्।


    आइतवार, बैशाख ६ २०८३०९:०६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij