Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारको सुशासनको नारा नक्कली हो - अध्यक्ष केसी

सरकारको सुशासनको नारा नक्कली हो - अध्यक्ष केसी

  • बुधवार, बैशाख ९ २०८३

  • 360
    SHARES

  • सरकारको सुशासनको नारा नक्कली हो - अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सरकारले देशलाई अन्धकार र भड्खालोतिर धकेलिरहेको दाबी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुराकानी गर्दै उहाँले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने भन्दै गरेको प्रचार पूर्ण रूपमा नक्कली र देखावटी मात्र भएको बताउनुभयो ।

    अध्यक्ष केसीले एक भ्रष्टाचारीले अर्को भ्रष्टाचारीलाई कारबाही गर्न असम्भव रहेको जिकिर गर्दै सत्तामा पुगेकाहरू आफैँ अकुत सम्पत्तिले भरिएको आरोप लगाउनु भएको छ। उहाँले अहिलेका राजनीतिक घटनाक्रम, संसद भत्काउने कार्य र सरकार निर्माणमा विदेशी शक्ति, विशेषगरी सिआइए र गैरसरकारी संस्थाहरूको प्रत्यक्ष संलग्नता रहेको गम्भीर आरोप लगाउनु भएको छ । बाह्य शक्तिकै योजना र इसारामा नेपालमा अस्थिरता निम्त्याउने र राष्ट्रको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्ने काम भइरहेको उहाँको भनाइ छ।

    साथै, जनताले घुस नखाने, भ्रष्टाचार नगर्ने र देश नबेच्ने आफ्नो पार्टीलाई मतदान नगरेर गलत तत्वलाई अनुमोदन गरेकोमा उनले असन्तुष्टि व्यक्त गर्नुभएको छ । एमसीसी जस्ता सम्झौता पास गरेर ठूला दलहरूले देशभक्तिको भावना गुमाएको भन्दै उहाँले विदेशी शक्तिकै खेल र लगानीका कारण नेपालका राजनीतिक दलहरूभित्र तोडफोड तथा अन्तरकलह बढिरहेको स्पष्ट पार्नुभएको छ ।


    बुधवार, बैशाख ९ २०८३१२:१०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij