Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

दुई तिहाइको सरकार संसदसँग डरायो, अपरिपक्वताले निराशा बढ्दै छ - महामन्त्री पौडेल

दुई तिहाइको सरकार संसदसँग डरायो, अपरिपक्वताले निराशा बढ्दै छ - महामन्त्री पौडेल

  • शुक्रवार, बैशाख ११ २०८३

  • 215
    SHARES

  • दुई तिहाइको सरकार संसदसँग डरायो, अपरिपक्वताले निराशा बढ्दै छ - महामन्त्री पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएर संसदसँग डराउने काम गरेको आरोप लगाएका छन्। नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ’नेपाली बहस’का लागि पत्रकार खेम बमसँग संवाद गर्दै नेता पौडेलले सरकारको पछिल्लो कार्यशैलीलाई ’अपरिपक्व र अनुभवहीन’ को संज्ञा दिएका हुन्।

    महामन्त्री पौडेलले निर्वाचनबाट प्राप्त जनविश्वासलाई सरकारले कदर गर्न नसकेको टिप्पणी गरे। सरकारले गरेका रचनात्मक कार्यमा विपक्षीको समर्थन रहने भए पनि कानुनी राज्यको उपहास गर्दा टुलुटुलु हेरेर नबस्ने उनले प्रस्ट पारे। “संसद बैठक आह्वान गर्ने बित्तिकै बन्द गरिनु इतिहासमै नभएको घटना हो” उनले भने, “दुई तिहाइको समर्थन भएको सरकार किन संसदको सामना गर्न डराएको? यसले सरकारमा गम्भीर विचलन र अहम्ता रहेको पुष्टि गर्छ।”

    मन्त्रीहरूको राजीनामा र अदालतको पछिल्लो आदेशका सन्दर्भमा बोल्दै पौडेलले सरकारले कुनै पनि कदम चाल्नुअघि कानुनी र संवैधानिक पाटोलाई ख्याल नगरेको बताए। सरकारले अभियोग लगाउने र अदालतले उन्मुक्ति दिने स्थिति दोहोरिनुले सरकारको परिपक्वतामा प्रश्न उठाएको उहाँको भनाई छ। हिजो विपक्षीमा हुँदा चर्को कुरा गर्नेहरू नै आज सत्तामा पुगेपछि उही गल्ती दोहो¥याइरहेको समेत उहाँको भनाई छ ।

    कांग्रेसको आन्तरिक राजनीतिका बारेमा चर्चा गर्दै पौडेलले संसदीय दलको नेता चयनमा सर्वसम्मति खोज्न समय लागेको स्वीकारेका छन् । निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा पनि अधिकतम सहमतिको प्रयास जारी रहेको उनको भनाइ छ। पार्टीभित्रका विभिन्न गुट र उपगुटका बीचमा देखिएका असन्तुष्टिहरूलाई सम्बोधन गरिने बताउँदै उनले १५औँ महाधिवेशनले नै कांग्रेसभित्रको सबै अन्योल र विवादलाई समाधान गर्ने दाबी गरे। विधानको दायरामा रहेर सबै पक्षलाई सम्मानजनक स्थान दिइने र आगामी अधिवेशनलाई निष्पक्ष र पारदर्शी बनाइने उनले विश्वास दिलाएका छन् ।


    शुक्रवार, बैशाख ११ २०८३०८:४९:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij