Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बस्ती खाली गराउनुपर्छः कांग्रेस नेता महत

वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बस्ती खाली गराउनुपर्छः कांग्रेस नेता महत

  • शनिवार, बैशाख १२ २०८३

  • 233
    SHARES

  • वास्तविक सुकुम्बासीको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बस्ती खाली गराउनुपर्छः कांग्रेस नेता महत

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले वास्तविक सुकुम्बासीको पहिचान गरी वैकल्पिक व्यवस्थापन गरेर मात्र अतिक्रमित बस्ती खाली गराउन सरकारलाई सुझाव दिएका छन्।

    नेपाली रेडियो नेटवर्कको ’नेपाली बहस’ कार्यक्रममा पत्रकार खेम बमसँग कुराकानी गर्दै डा. महतले सुकुम्बासीका नाममा जग्गा ओगट्ने ’हुकुम्बासी’ र घरजग्गाविहीन वास्तविक सुकुम्बासीलाई छुट्टाछुट्टै व्यवहार गर्नुपर्ने बताए। सरकारले नदी किनार र थापाथलीलगायतका सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको सन्दर्भमा बोल्दै उनले भने, “जसको कतै केही छैन, उनीहरूलाई वैकल्पिक व्यवस्था वा जीवन निर्वाहका लागि निश्चित रकम दिएर मात्र हटाउनुपर्छ। तर, अन्त सम्पत्ति भएका नक्कली सुकुम्बासीलाई भने बिना राहत हटाउनुपर्छ।“ मौखिक आश्वासनले मात्र नपुग्ने भन्दै उनले स्पष्ट प्रबन्ध र सुनिश्चिततापछि मात्रै बस्ती खाली गर्नु उपयुक्त हुने उनको भनाई छ ।

    फरक प्रसङ्गमा नेता महतले नेपाली कांग्रेस पराजित भएको वर्तमान अवस्थामा पार्टीभित्र केही निराशा छाएको स्वीकार महतले सबै पक्षले आत्मसमीक्षा गर्दै अगाडि बढेमा कांग्रेस फेरि पनि जनताको पहिलो रोजाइको विश्वसनीय शक्ति बन्ने दाबी गरेका छन् । पार्टीभित्र सबैको सम्मान, स्वामित्व र सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै डा. महतले १५औं महाधिवेशन सबैको सहमतिमा एउटा साझा संयन्त्र निर्माण गरेर गराउनुपर्ने माग गरेका छन् ।

    पार्टीभित्र चलिरहेका समानान्तर गतिविधि र गुटगत भेलाहरूलाई उनले असन्तुष्टिहरूमाथि छलफल गर्ने आन्तरिक प्रक्रियाको संज्ञा दिएका छन् । विगतमा नेतृत्व परिवर्तन नगरेकै कारण परिणाम नआएको भन्दै विशेष महाधिवेशनको तर्क गरिए पनि अपेक्षित नतिजा हात नपरेको उनले बताएका छन् ।


    शनिवार, बैशाख १२ २०८३०८:५५:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij