Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको नेता चयनमा सकस: विग्रह होइन,एकताका लागि ढिलाइ भएको मोहन आचार्यको दाबी

कांग्रेस संसदीय दलको नेता चयनमा सकस: विग्रह होइन,एकताका लागि ढिलाइ भएको मोहन आचार्यको दाबी

  • सोमवार, बैशाख १४ २०८३

  • 177
    SHARES

  • कांग्रेस संसदीय दलको नेता चयनमा सकस: विग्रह होइन,एकताका लागि ढिलाइ भएको मोहन आचार्यको दाबी

    काठमाडौं । नेपाली कांग्रस संसदीय दलको नेतामा दाबी गरिरहेका नेता तथा सांसद मोहन आचार्यले सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण प्रक्रिया केही लम्बिएको स्पष्ट गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक लोकतन्त्र र बृहत्तर एकताका लागि सर्वसम्मतिको विकल्प नभएको तर्क गर्दै उहाँले प्रक्रियागत ढिलाइलाई स्वभाविक रूपमा लिन आग्रह गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको चर्चित कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता आचार्यले बाहिर चर्चा भएजस्तो पार्टीभित्र कुनै विग्रह नरहेको दाबी गर्नुभयो ।

    संसदीय दलको नेता चयनको यो ढिलाइले पार्टीलाई फुटतर्फ होइन, झन् बलियो एकताको दिशामा लैजाने विश्वास आचार्यले व्यक्त गर्नुभयो । पार्टीभित्र देखिएका आन्तरिक चुनौतीहरुबारे बोल्दै उहाँले अन्तत पार्टी एकढिक्का हुने र छलफलमार्फत सबै समस्या समाभान हुने धारणा राख्नुभयो ।

    यसैगरी, वर्तमान सरकारको कार्यशैली र कदमहरूमाथि टिप्पणी गर्दै नेता आचार्यले विधिको शासन र कानुनी राज्यको सवालमा कांग्रेसले सधैं रचनात्मक भूमिका खेल्ने स्पष्ट पार्नुभयो। सरकारले चालेका सकारात्मक र कानुनी रूपमा सही कदमहरूलाई कांग्रेसले गुण र दोषका आधारमा समर्थन गर्ने उहाँको भनाइ छ।

     


    सोमवार, बैशाख १४ २०८३१०:२६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij