Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको महासंघ स्थापना भएको घोषणा

घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको महासंघ स्थापना भएको घोषणा

  • मंगलवार, बैशाख २२ २०८३

  • 279
    SHARES

  • घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको महासंघ स्थापना भएको घोषणा

    काठमाडौँ । देशैभरिका घरजग्गा एजेन्ट तथा एजेन्सी सङ्गठनहरुलाई एकताबद्ध गर्दै ‘नेपाल घरजग्गा एजेन्ट तथा एजेन्सी महासंघ’ को औपचारीक घोषणा भएको छ । महासंघको तदर्थ समितीको अध्यक्षमा विनोद सुवेदी, उपध्यक्षहरुमा हमिद मियाँ खान र गोपाल बारुडी, महासचिवमा शम्भु पोखरेल, सचिवमा विनिता बस्नेत, कोषाध्यक्षमा निग्मा शेर्पा रहेका छन् । समितिको सदस्यहरुमा योगेश चौधरी, उज्वल सुवेदी, इसा खरेल रहेका छन् ।

    देशैभरिका स्थानिय तह, जिल्ला तह र प्रदेश तहमा घरजग्गा एजेन्ट तथा एजेन्सी संघ खोल्नलाई यस क्षेत्रमा संलग्न व्यवसायीलाई आव्हानसमेत गरिएको छ । 

    महासंघ घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरुलाई अझ बढी व्यावसायिक, उतरदायी र पारदर्शी बनाउँदै घरजग्गाका क्रेता, विक्रेता तथा लगानीकर्ताहरुलाई सहजीकरण गर्न र यस क्षेत्रलाई थप नियमनका लागि आवश्यक पर्ने नीति, नियम तथा ऐन बनाउन सरकारलाई सल्लाह, सुझाव र योगदान दिने उद्धेश्यले स्थापना भएको कार्यक्रममा जानकारी दिइएको छ ।

    उक्त कार्यक्रमा माहासंघका अध्यक्ष सुवेदीले घरजग्गा कारोबार गर्न सरकारले इजाजत पत्र दिने ऐन ल्याएर नेपालको इतिहासमै पहिलो पटक एजेन्सी व्यवसायलाई चिनेकोमा सरकारलाई धन्यवाद दिदै भने ‘कानुनु आए पनि यो पूर्ण नभएको बताउनुभयो ।

    वित्तिय जानकारी इकाईका उपनिर्देशक कमल पौडेलले घरजग्गा एजेन्सीलाई सूचक संस्थाको रुपमा राखेको र सूचक संस्थाले कारोबार गर्दा कारोबारमा कुनै शङ्का लागेमा त्यसको इमान्दारीपूर्वक रिपोर्ट गरेको खण्डमा इजाजत प्राप्त संस्थालाई कुनै समस्य नपर्ने बताउनुभयो ।


    मंगलवार, बैशाख २२ २०८३१०:३८:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij