Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कांग्रेसमा गुटगत भागबण्डाको अन्त्य गरिँदैछ - कांग्रेस नेता शिवाकोटी

कांग्रेसमा गुटगत भागबण्डाको अन्त्य गरिँदैछ - कांग्रेस नेता शिवाकोटी

  • शुक्रवार, जेठ १ २०८३

  • 242
    SHARES

  • कांग्रेसमा गुटगत भागबण्डाको अन्त्य गरिँदैछ - कांग्रेस नेता शिवाकोटी

    काठमाडौं । नेपाली कांग्रेसका नेता अजयबाबु शिवाकोटीले पार्टीभित्र लामो समयदेखि जरा गाडेको गुटगत अभ्यास र भागबण्डाको राजनीतिलाई खण्डित गर्ने प्रयास भइरहेको बताउनुभएको छ। रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’मा पत्रकार खेम बमसँग कुराकानी गर्दै नेता शिवाकोटीले पार्टीको केन्द्रीय समितिमा भइरहेको पछिल्लो मनोनयन कुनै गुटको कोटा वा सिफारिसमा नभई व्यक्तिगत क्षमता र विवेकका आधारमा गरिएको दाबी गर्नुभयो।

    शिवाकोटीले विशेष महाधिवेशनपछि पार्टीलाई विधानसम्मत ढंगले अगाडि बढाउन नेतृत्व लागिपरेको उल्लेख गर्दै केही नेताहरूले गरिरहेको समानान्तर गतिविधि र गुटगत भेलालाई ’छटपटाहट र कुण्ठा’को संज्ञा दिनुभयो। “हिजो गुट चलाएर फाइदा लिएकाहरू अहिले आफ्नो अस्तित्व जोगाउन खोज्दैछन्, तर अब कसैको समूहको नेतालाई सोधेर होइन, आफ्नै विवेकले निर्णय गर्नेहरूलाई पार्टीले स्थान दिन्छ,“ उहाँले भन्नुभयो। उहाँले पार्टीलाई एकढिक्का बनाउन पदाधिकारीहरू असन्तुष्ट नेताहरूको घर–घरमै पुगेर संवाद गरिरहेको समेत जानकारी दिनुभयो।

    यसैगरी, नेता शिवाकोटीले संसद्मा सरकारको नीति तथा कार्यक्रम पारित हुने क्रममा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर कडा आलोचना गर्नुभयो। संसदीय पद्धति र स्थापित परम्परालाई लत्याउँदै प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जवाफ नदिनुलाई उहाँले अलोकतान्त्रिक कार्यको संज्ञा दिनुभयो। यस्ता गतिविधिले संसदीय गरिमा घटाउने र लोकतन्त्रलाई कमजोर बनाउने उहाँको तर्क थियो। उहाँले ’मेरो गोरुको बाह्रै टक्का’ गर्ने प्रवृत्तिले देशलाई कुनै उपलब्धि नहुने टिप्पणी समेत गर्नुभयो।


    शुक्रवार, जेठ १ २०८३१०:३६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij