Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

विद्या भण्डारीको सदस्यता नवीकरण सामान्य प्रक्रिया मात्र हो, नेतृत्व हस्तान्तरण होइनः पद्मा अर्याल

विद्या भण्डारीको सदस्यता नवीकरण सामान्य प्रक्रिया मात्र हो, नेतृत्व हस्तान्तरण होइनः पद्मा अर्याल

  • शुक्रवार, जेठ ८ २०८३

  • 159
    SHARES

  • विद्या भण्डारीको सदस्यता नवीकरण सामान्य प्रक्रिया मात्र हो, नेतृत्व हस्तान्तरण होइनः पद्मा अर्याल

    काठमाडौ । नेकपा एमालेकी नेतृ पद्मा अर्यालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण हुनुलाई नेतृत्व हस्तान्तरणको रूपमा बुझ्न नमिल्ने स्पष्ट पार्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम ’नेपाली बहस’ मा कुरा गर्दै दिँदै उहाँले हालै एमाले सचिवालय बैठकले गरेको उक्त निर्णय एउटा नियमित र सामान्य संगठनात्मक प्रक्रिया मात्र भएको बताउनुभएको हो ।
    सञ्चारमाध्यम र राजनीतिक वृत्तमा विद्यादेवी भण्डारीको पार्टी फिर्तीलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला नेतृ अर्यालले भन्नुभयो, “सदस्यता नवीकरण गर्ने बित्तिकै कसैलाई अध्यक्ष पद नै सुम्पन लागिएको हो भनेर बुझ्न हुँदैन।“ उहाँले यसबारे पार्टीभित्र कुनै स्पष्ट वा ठोस निर्णय भइनसकेकाले अनुमान र अफवाहको भरमा नलाग्न आम कार्यकर्ता र शुभचिन्तकहरूलाई अनुरोध गर्नुभयो ।
    हाल नेकपा एमाले पूर्ण रूपमा एकताबद्ध भएर अगाडि बढिरहेको दाबी गर्दै उहाँले आगामी दिनमा पार्टीका आधिकारिक कमिटीका बैठकहरूबाट सर्वसम्मत रूपमा नै सबै आवश्यक निर्णयहरू गरिने जानकारी दिनुभयो ।
    नेतृ अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति लक्षित गर्दै प्रधानमन्त्री  शाहकोको जवाफदेहितामाथि बलियो प्रश्न उठाउनुभयो । संसद्‍मा उपस्थित भएर सांसदहरूका प्रश्नको सामना गर्नु प्रधानमन्त्रीको प्रमुख दायित्व भएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले संसद्‍मा आएर सोधिएका प्रश्नहरूको जवाफ दिनैपर्छ, प्रधानमन्त्रीले जनमतको अपमान गर्ने छुट पाउनुहुन्न।“
    प्रधानमन्त्री कार्यव्यस्तताका कारण दिनदिनै संसद् आउन नसके पनि महिनाको कम्तीमा एकपटक अनिवार्य रूपमा उपस्थित भई सार्वभौम संसद्प्रति उत्तरदायी बन्नुपर्नेमा उहाँको जोड थियो ।


    शुक्रवार, जेठ ८ २०८३०९:०७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij