Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस नेता खजेन्चीले दिए पार्टीको राहत कोषमा रकम

कांग्रेस नेता खजेन्चीले दिए पार्टीको राहत कोषमा रकम

  • बुधवार, भाद्र २४ २०८३

  • 14
    SHARES

  • कांग्रेस नेता खजेन्चीले दिए पार्टीको राहत कोषमा रकम

    काभ्रे । काभ्रेको बेथानचोकका नेपाली कांग्रेसका नेता एवम् समाजसेवी खजेन्ची लामाको परिवारले बाढी पिडितका लागि ३ लाख ३३ हजार ३३३ रुपैयाँ हस्तान्तरण गरेको छ ।

    नेता लामाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामै पुगेर कांग्रेसको राहत कोषमा रकम हस्तान्तरण गरेका हुन् । कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मालाई उक्त रकम हस्तान्तरण गरिएको थियो।

    पूर्व वडा अध्यक्ष एवम् नेपाली कांग्रेस बेथानचोक वडा न ५ का सभापति समेत रहेका खजेन्ची लामा बेथानचोक गाउँपालिकामा सहयोगी र सक्रिय नेताका रुपमा चिनिन्छन् ।


    बुधवार, भाद्र २४ २०८३०७:१५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij