Sep 10 2026 | २०८३, भाद्र २५ गते

२०८३, भाद्र २५ गते
  • यो साता चर्चामा :
images

ढुवानी व्यवसायी महासंघद्धारा बाढीपीडितका लागि १२ लाख ३४ हजार सहयोग

ढुवानी व्यवसायी महासंघद्धारा बाढीपीडितका लागि १२ लाख ३४ हजार सहयोग

  • बिहिवार, भाद्र २५ २०८३

  • 13
    SHARES

  • ढुवानी व्यवसायी महासंघद्धारा बाढीपीडितका लागि १२ लाख ३४ हजार सहयोग

    काठमाडौं । ढुवानी व्यवसायी महासंघ नेपालले रसुवा–भोटेकोशी बाढीपीडितका लागि १२ लाख ३४ हजार ५ सय ६७ रुपैयाँ सहयोग गरेको छ।

    महासंघका अध्यक्ष माधवप्रसाद नेपालको नेतृत्वमा निवर्तमान अध्यक्ष विश्वनाथ खनाल, वरिष्ठ उपाध्यक्ष अच्युतराज खनाल, उपाध्यक्ष अरुणकुमार श्रेष्ठ, महासचिव पुष्पराज श्रेष्ठ, कोषाध्यक्ष पूर्णप्रसाद रेग्मी लगायतको टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेसमक्ष ढुवानी व्यवसायीहरूबाट संकलित रु। १२,३४,५६७ बराबरको चेक हस्तान्तरण गरेको हो।

    चेक हस्तान्तरणका क्रममा महासंघले रसुवा–भोटेकोशी बाढी प्रभावित नागरिकका लागि विभिन्न स्थानबाट प्राप्त राहत तथा अत्यावश्यक सामग्री नुवाकोटसम्म निःशुल्क ढुवानी गर्दै आइरहेको जानकारीसमेत अर्थमन्त्रीसमक्ष गराएको थियो।

    विपद्को कठिन अवस्थामा प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको भन्दै महासंघले आगामी दिनमा पनि राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

     


    बिहिवार, भाद्र २५ २०८३०८:१९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij