Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रत्यक्ष जनताको निगरानी हुने हुँदा स्थानीय तहमा भ्रष्टाचार हुँदैन- अध्यक्ष खड्का

प्रत्यक्ष जनताको निगरानी हुने हुँदा स्थानीय तहमा भ्रष्टाचार हुँदैन- अध्यक्ष खड्का

  • शनिवार, मंसिर २७ २०७७

  • 1.7K
    SHARES

  • प्रत्यक्ष जनताको निगरानी हुने हुँदा स्थानीय तहमा भ्रष्टाचार हुँदैन- अध्यक्ष खड्का

    काठमाडौं । खोटाङको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले स्थानीय तहमा प्रत्यक्ष जनताले निगरानी गर्न पाउने भएकाले भ्रष्टाचार कम हुने गरेको बताउनुभएको छ । सबैभन्दा धेरै भ्रष्टाचार संघ र प्रदेशमा मौलाएको तर स्थानीय तहमा हरेक आर्थिक गतिविधि प्रत्यक्ष जनताको निगरानीमा सञ्चालन हुने हुँदा स्वतः आर्थिक अनियमितता कम हुने उहाँले दाबी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा बोल्दै अध्यक्ष खड्काले गएको आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा भएको चुहावटका बिषयमा पनि आफूले अनुसन्धान गरिरहेको बताउनुभयो । गत आवमा साकेला गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरणका नाममा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ चुहावट भएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदनले देखाएको थियो ।

    त्यसमा आफूले अनुसन्धान गरिरहेको भन्दै अध्यक्ष खड्काले मुख्य गरी तयसमा वडा सचिव र स्वमं लाभग्राही कै बद्मासी रहेको बताउनुभयो । उनीहरुलाई कानूनी र प्रक्रियागत रुपमा कारबाहीको दायरमा ल्याइने उहाँको भनाइ छ ।

    साथै अध्यक्ष खड्काले विगत २० वर्षमा हुन नसकेको काम आफूहरु निर्वाचित भएको तीन वर्षभित्रै भएको दाबी पनि गर्नुभयो । उहाँले मुख्यगरी भौतिक पूर्वधार निर्माणका क्षेत्रमा देखिने गरी परिवर्तन आएको बताउनुभयो ।

    अध्यक्ष खड्कासँग गरिएको कुराकानी 


    शनिवार, मंसिर २७ २०७७०९:४२:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij