काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताउनुभएको छ ।
भारतीय मिडियाहरूको अनर्गल प्रचारले सीमा नाघेको, हद भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले बकवास बन्द गर्न भारतीय सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको पनि उल्लेख गर्नुभएको छ ।
भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।

नेपालले लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री ओली र नेपालमा चिनियाँ प्रभाव भन्दै अतिरन्जित सामग्रीहरू प्रकाशन प्रसारण भइरहेका छन् ।