Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल–भारत सीमा विवादः नयाँ नक्साको विरोध गर्दै भारतले पठायो कूटनीतिक नोट

नेपाल–भारत सीमा विवादः नयाँ नक्साको विरोध गर्दै भारतले पठायो कूटनीतिक नोट

  • बिहिवार, आषाढ २५ २०७७

  • 1.2K
    SHARES

  • नेपाल–भारत सीमा विवादः नयाँ नक्साको विरोध गर्दै भारतले पठायो कूटनीतिक नोट

    काठमाडौं । नेपालले आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेकोमा विरोध गर्दै भारतले कूटनीतिक नोट पठाएको छ । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण विडारीले भारतको कूटनीतिक नोट आएको बताउनुभएको हो ।

    नेपालको दाबीलाई अस्वीकार गर्दै भारत सरकारले असार १० गते कूटनीतिक नोट पठाएको उहाँले बताउनुभयो । भारतले कूटनीतिक नोट पठाएको विषयमा परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा बोलेको छैन ।

    यद्यपि नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय विदेश मन्त्रालयका अधिकारीहरुले सार्वजनिक रुपमा नेपालको दाबीलाई अस्वीकार गर्ने बताउँदै आएका छन् । यसअघि नोभेम्बर २०१९ मा भारतले जारी गरेको नक्सामा नेपाली भूभाग परेको भन्दै नेपालले विरोध गरेको थियो ।

    कूटनीतिक नोट पठाउनुका साथै दुई पटक वार्ताको प्रस्ताव पनि गरेपनि भारतले बेवास्ता गरेको थियो । पछिल्लो पटक कोरोना महामारीको समयमा लिपुलेक क्षेत्रमा नेपाली भूभाग अतिक्रमण गरेर बनाएको मानसरोबर जाने सडक उद्घाटन गरेपछि नेपालले विरोध गर्दै तत्काल वार्तामा बस्न आग्रह गरेको थियो ।

    तर भारत तत्काल सम्वादका लागि तयार नभएपछि नेपालले भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ ।


    बिहिवार, आषाढ २५ २०७७०२:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij