Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विद्यादेवी भण्डारी राष्ट्रपति ओली ग्याङ्गको सदस्य : गगन थापा

विद्यादेवी भण्डारी राष्ट्रपति ओली ग्याङ्गको सदस्य : गगन थापा

  • आइतवार, पौष ५ २०७७

  • 1.2K
    SHARES

  • विद्यादेवी भण्डारी राष्ट्रपति  ओली ग्याङ्गको सदस्य : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले विघटन गरिएको प्रतिनिधि सभा पुनस्र्थापना कांग्रेसको अबको एजेण्डा हुने बताउनुुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार बनेको संसद् पुनःस्थापनाका लागि कांग्रेसले संघर्ष गर्ने बताउनुुभएको हो ।

    संसद विघटनको विरोधमा आइतवार कांग्रेसले काठमाडौंमा आयोजना गरेको कोणसभामा नेता थापाले प्रधानमन्त्रीको सनक र लहडमा भंग भएको छ । प्रधानमन्त्रीको सनकविरुद्ध संघर्ष गर्ने उहाँको भनाइ छ ।नेता थापाले व्यवस्थामाथि आएका कालो बदल कांग्रेसको आन्दोलनका कारण हट्ने दाबी गर्नुुभयो ।

    नेता थापाले संसद्बाट निर्वाचित भएकी राष्ट्रपति विद्या भण्डारी आज केपी ओली ग्याङको सदस्य बनेको आरोप लगाउनुुभयो । उहाँले संसद विघटनको आजको स्थिति आउनुमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र नभई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको हुतिहारा प्रवृत्ति पनि दोषी रहेको टिप्पणी गर्नुुभएको छ ।


    आइतवार, पौष ५ २०७७०६:३१:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij