Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘लोक गीतसंगीतमा देखा परेको विकृतिजन्य सम्प्रेशनहरुप्रति गम्भीर ध्यानाकर्षण’

‘लोक गीतसंगीतमा देखा परेको विकृतिजन्य सम्प्रेशनहरुप्रति गम्भीर ध्यानाकर्षण’

  • बिहिवार, आषाढ २५ २०७७

  • 840
    SHARES

  • ‘लोक गीतसंगीतमा देखा परेको विकृतिजन्य सम्प्रेशनहरुप्रति गम्भीर ध्यानाकर्षण’

    काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक गीतसंगीतमा देखा परेको विकृतिजन्य सम्प्रेशनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई बिहीबार (आज) पत्र लेख्दै प्रतिष्ठानले यस्ता किसिमका गलत प्रवृत्ति र बौद्धिक चोरीलाई नियन्त्रण गर्न पहलकदमी गरिदिन पनि आग्रह गरेको छ ।

    नेपाली लोक गीत तथा चाडपर्व बिशेष गीतहरुमा आएको छाडा प्रवृत्ति, गीतका शब्द, लय चोरीदेखि मूल सर्जकको अनुमतिबिना नै गीतको प्रयोग गरी व्यवसायीक रुपमा खुल्लमखुल्ला बौद्धिक चोरी भइरहेको पत्रमा उल्लेख छ ।

    नैतिक रुपमा दवाव दिँदै यस्ता गैरकार्य नगर्न बारम्बार ताकेता गर्दा पनि अटेर गर्नेहरुलाई प्रतिलिपि अधिकार नियमावली अनुसार कारबाही गर्न प्रतिष्ठानको आग्रह छ । यस्ता बौद्धिक चोरीलाई निरुत्साहित तथा दण्डित गर्न प्रतिष्ठानले रजिष्ट्रारको कार्यालयलाई आग्रह गरेको छ ।

    प्रतिष्ठानले प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयलाई लेखेको पत्र


    बिहिवार, आषाढ २५ २०७७०३:२५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij