Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालको नयाँ नक्साविरुद्ध उत्रिएकी सरिता गिरी सांसदबाट निष्कासित

नेपालको नयाँ नक्साविरुद्ध उत्रिएकी सरिता गिरी सांसदबाट निष्कासित

  • बिहिवार, आषाढ २५ २०७७

  • 818
    SHARES

  • नेपालको नयाँ नक्साविरुद्ध उत्रिएकी सरिता गिरी सांसदबाट निष्कासित

    काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरी प्रतिनिधिसभा सदस्यबाट निष्कासित भएकी छन् । संघीय संसद सचिवालयले सूचना जारी गर्दै पछि गिरीको सांसद पद रिक्त भएको जानकारी गराएको हो ।

    संसदका महासचिव भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई दिएको पत्रबारे जानकारी दिएपछि गिरीलाई पदमुक्त गरिएको हो ।

    सांसद गिरीलाई पार्टीले पार्टीबाट निष्कासन गरेको जानकारी संसद सचिवालयलाई दिएको र उक्त जानकारी नियमअनुसार नै पाइएकाले उनको सांसद पद रिक्त भएको सूचना जारी गरिएको हो ।

    संविधानको धारा ८९ बमोजिम सांसद गिरी सांसदबाट निष्कासित भएको संसद सचिवालयले जनाएको छ । नयाँ नक्सालाई निशान छापमा समावेश गर्न गरिएको संविधान संशोधन प्रस्तावमा मतदान गर्दा पार्टीको ह्विप नमानेको भन्दै समाजवादीले उनलाई निष्कासन गर्ने निर्णयय गरेको थियो ।


    बिहिवार, आषाढ २५ २०७७०४:०४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij