Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘अब यो कहिल्यै नवीकरण हुने छैन’

‘अब यो कहिल्यै नवीकरण हुने छैन’

  • तिलक कोइराला
  • मंगलवार, पौष ७ २०७७

  • 2.6K
    SHARES

  • ‘अब यो कहिल्यै नवीकरण हुने छैन’

    संसद् पुनस्र्थापना भएन र नेपाली जनताले रगत–पसिना बगाएर हासिल गरेको उपलब्धि सदाका लागि गुम्यो भने म अब कहिल्यै कम्युनिष्ट हुँ भनेर हिड्दिन । 

    rashid.jpg

    ब यो संगठित सदस्यता (तत्कालिन नेकपा (एमाले), अहिलेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सदस्यता) सम्भवत कहिल्यै पनि नवीकरण हुने छैन । किनभने, २०४६ सालदेखि यसमा मैले गरेको लगानी खेर गयो । विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हेर्ने हो भने कम्युनिष्ट पार्टी एकपटक सत्तामा पुगेर पतन भएपछि कहिल्यै पनि उठ्न सकेका छैनन् । चाहे पूर्वसोभियत संघ होस् वा पूर्वी युरोप वा हाम्रै छिमेकी भारतका पश्चिम बंगाल र केरला नै किन नहोस् !

    नेपालमा धेरै जनताले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रलाई ठूलो आड–भरोसा दिएर झण्डै दुई तिहाई बहुमतसहित सत्तामा पुर्याए । संसदीय प्रणालीबाट बहुदलीय प्रतिस्पर्धा गर्दै कम्युनिष्ट पार्टी झण्डै दुई तिहाई बहुमतसहित सत्तामा पुग्नु र चुनाव अघि बाँडिएका रंगिन सपना पूरा गर्ने अभिभारा लिनु विश्वमा विरलै भएका घटनाक्रममध्ये एक थियो । यसमा नेता र कार्यकर्ताहरुको अभिलासा मात्रै जोडिएको थिएन, लाखौं नेपाली जनताको युगिन आकांक्षा पनि अभिन्न रुपमा गाँसिएका थिए अनि भाइचारा सम्बन्ध भएका विश्वका अरु कम्युनिष्ट पार्टीले पनि उसबाट उर्जा लिदै ठूलो आशा गरेका थिए ।

    तर, आज यी सारा सपना चकनाचुर भएका छन् । प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले जननेता मदन भण्डारी, कुशल संगठक जीवराज आश्रित, सादगी नेता मनमोहन अधिकारीको आत्मालाई बलात्कार गर्दै नेपाली जनताले दिएको बहुमतलाई खारेज गरेका छन् भने पुष्पकमल दाहाल (प्रचण्ड)ले १७ हजार जनताको बलिदानीलाई आफ्नो परिवार रक्षा र सत्ता स्वार्थको खेलौना बनाएर कुठाराघात गरेका छन् ।

    मैले जस्तै १२–१३ बर्षको उमेरमा अब कसैले पनि कम्युनिष्ट पार्टी राम्रो हो भनेर अब प्रचार गर्ने छैन र आफ्नो सुनौलो जवानीलाई युद्ध, संघष र आन्दोलनको नाममा माया मारेर, चिसो ठण्डीमा अनेक कष्ट सहँदै, भुटेको मकै, चिउरा, दालमोड खाएर चुनाव प्रचार गर्ने छैन । कम्युनिष्ट पार्टीको झण्डा बाँडेर चुनाव खर्च उठाउने छैन । अब कसैले पनि कम्यनिष्ट पार्टीको झण्डा घरमाथि फहराएर गौरव गर्ने छैन र म कम्युनिष्ट पार्टीको संगठित सदस्य हो भनेर आफूलाई गौरवशाली मान्ने छैन । कम्युनिष्ट भन्ने सुन्दा नै घृणा उत्पन्न हुनेछ ।

    हुँदाखादाको अधिक सुविधाजनक बहुमत भएको संसद्लाई प्रतिक्रियावादीको पोल्टामा खसाइदिएर अहिले विद्या भण्डारी, केपी ओली र प्रचण्डहरुले जुन रमिता गरिरहेका छन्, कम्युनिष्टको नाममा ृउनीहरुको यो रमिता अरु केही समय चल्ला तर संसद् पुनस्र्थापना भएन भने उनीहरु फेरि कहिल्यै सत्तामा नफर्किएरै मर्नेछन् । उनीहरुको मरण चाउचेस्कुको भन्दा फरक हुने छैन । विद्याले आफ्ना श्रीमान् जननेता मदन भण्डारीको नासोलाई जसरी प्रतिक्रियावादीको पाउमा चढाएर गद्धारी गरेकी छन्, उनलाई सात जन्मसम्म पनि माफी मिल्ने छैन ।

    सत्ता र गुटको झगडामा लिप्त भएर आफ्नो कर्तव्य बिर्सेकाहरुलाई जनताले आगामी दिनमा दिने सजाय उनीहरुले थेग्न सक्नेछैनन् । मर्दा मलामीसमेत नपाएर कम्बोडिायाका पोलपोटले जस्तो नियति उनीहरुले भोग्नु पर्नेछ । जसरी आज पालेपोट र कम्युनिष्टको नाम कम्बोडियामा कसैले लिँदैन, नेपालका कम्युनिष्टहरुको नियति त्यस्तै हुनेछ । यी गद्धारहरुको पतन निश्चित छ ।

    संसद् पुनस्र्थापना भएन र नेपाली जनताले रगत–पसिना बगाएर हासिल गरेको उपलब्धि सदाका लागि गुम्यो भने म अब कहिल्यै कम्युनिष्ट हुँ भनेर हिड्दिन । र, यस्तो गर्ने सम्भवत अरु पनि धेरै होलान् ।

     


    मंगलवार, पौष ७ २०७७१२:५१:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij