Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बेला आयो : देउवा

कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बेला आयो : देउवा

  • मंगलवार, पौष ७ २०७७

  • 1.3K
    SHARES

  • कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बेला आयो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले “अधिनायक आकाङ्क्षाको प्रतिरूप” देखाएको टिप्पणी गर्नु भएको छ । यसका कारण मुलुकमा गम्भीर संकट देखा परेको उहाँले बताउनु भएको छ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले गम्भीर संकटको बेला कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्ने बेला आएको पनि जनाउनु भएको छ।

    सरकारले सर्वसत्तावादी चरित्र देखाएको उहाँको आरोप छ।

    वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनपछि मुलुकमा अस्थिरता निम्तिन सक्ने भन्दै त्यसप्रति कांग्रेसको सशक्त भूमिका आवश्यक रहेको बताउनु भएको थियो।

    बैठकमा आजदेखि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सुरु भएको छ। बैठक अझै केही दिन चल्ने छ।

    बैठकमा सहभागी नेताहरूको सुझावको आधारमा कांग्रेसले सरकारविरुद्ध संघर्षका कार्यक्रम तय गर्ने जनाएको छ। बैठकमा संसद् पुनर्स्थापनासँगै अन्य समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको हो।


    मंगलवार, पौष ७ २०७७०५:२६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij