Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विघटित संसद बौरिँदैन, नयाँ चुनाव हुन्छ-हुन्छः प्रधानमन्त्री

विघटित संसद बौरिँदैन, नयाँ चुनाव हुन्छ-हुन्छः प्रधानमन्त्री

  • आइतवार, पौष १९ २०७७

  • 961
    SHARES

  • विघटित संसद बौरिँदैन, नयाँ चुनाव हुन्छ-हुन्छः प्रधानमन्त्री


    काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गर्नुभएको छ ।

    आइतबार ओली खेमाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको बृहत कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै उहाँले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताउनुभयो ।

    उहाँले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दाबी समेत गर्नुभयो ।

    सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताउनुभयो ।

    उहाँले अंग्रेजी वर्षको नयाँ वर्षमा गलत चिजहरु, संविधान विरोधी शक्तिहरु, गणतन्त्र विरोधी शक्तिहरु पराजित हुने, शान्ति, लोकतन्त्र पक्षधर शक्तिहरुको विजय हुने दाबी गर्नुभयो ।

    ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गर्नुभयो ।

    उहाँले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसाएको उल्लेख गर्नुभयो ।

    उहाँले पार्टीका नेताहरु सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दाबी गर्नुभयो ।

     


    आइतवार, पौष १९ २०७७०५:३५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij