Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान

राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान

  • शुक्रवार, आषाढ २६ २०७७

  • 2.5K
    SHARES

  • राष्ट्रिय खेलकुद परिषद राखेपको सदस्य सचिवका लागि दरखास्त आह्वान

    काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले दरखास्त आह्वान गरेको छ । राखेपका सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएपछि राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया सुरु भएको हो ।
    मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (२) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको विज्ञप्तिमा भनिएको छ ।
    मन्त्रालयले ऐनमा उल्लेख भए अनुसारको योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।
    असार ११ गते राष्ट्रपतिबाट प्रमाणिकरण भइ असार १७ नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल सहितका पदाधिकारीको नियुक्ति खारेज भएको थियो ।
    अन्य पदाधिकारी नियक्तिको प्रक्रिया बिस्तारै सुरु गर्ने योजनामा रहेको मन्त्रालयले कार्यकारी पदका रुपमा रहेको सदस्य सचिव नियुक्ति प्रक्रिया भने सुरु गरिसकेको छ ।
    असार १८ गतेदेखि सदस्य सचिव विहीन रहेको राखेपमा अहिले भक्तबहादुर ढकाल कार्यवाहक सदस्य सचिवका रुपमा रहेका छन् ।


    शुक्रवार, आषाढ २६ २०७७०४:५५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij